अपार्टमेन्टमा यौ’नधन्दा प्रकरण : ३ हजारदेखि १० हजारसम्म प्रतिव्यक्ति रेट

अपार्टमेन्टमा यौ’नधन्दा प्रकरण : ३ हजारदेखि १० हजारसम्म प्रतिव्यक्ति रेट

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १८ गते शुक्रबार ०७:२०

ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुरहाइटस्थित कासाबेल अपार्टमेन्टको ५ औं तल्लामा प्रहरी पुग्दा सोचेभन्दा अस्वाभाविक दृश्य देखियो । ‘हामी प्रहरी हौं, तपाईंहरू कतै नजानुस्,’ ढोका खोल्नेबित्तिकै प्रहरीले यसो भन्दा मकवानपुरको...

ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुरहाइटस्थित कासाबेल अपार्टमेन्टको ५ औं तल्लामा प्रहरी पुग्दा सोचेभन्दा अस्वाभाविक दृश्य देखियो । ‘हामी प्रहरी हौं, तपाईंहरू कतै नजानुस्,’ ढोका खोल्नेबित्तिकै प्रहरीले यसो भन्दा मकवानपुरको हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया एक महिला हतार–हतार कपडा मिलाउन थालिन् । अरू पनि हस्याङफस्याङ गर्दै उठे ।

केही त अर्धन’ग्न अवस्थामा थिए । एक्कासि प्रहरी पुगेपछि उनीसहित ७ जनाले आफूहरू आफन्त भएको नाटक गरे, तर प्रहरी पत्याउन तयार थिएन । पूर्व सूचनाका आधारमा नै त्यहाँ छापा हानिएको थियो ।प्रहरीले छापा हान्दा मा’दक पदार्थका बोत्तल र क’न्डमहरू यत्रतत्र छरिएका थिए । त्यहाँ ४/५ वटा बेड पनि थियो ।

प्रहरीलाई त्यहाँ ललितपुरका राजु (नाम परिर्वतन)ले यौ’न व्यवसाय चलाउँदै आएको भन्ने सूचना थियो । त्यहाँ जानका लागि प्रहरीले उनको मोबाइल नम्बरको अनुसन्धान गरेको थियो । फ’रार अवस्थामा रहेकाले प्रहरीले उनको वास्तविक पहिचान खुलाएको छैन । प्रहरी ग्राहक बनेर अपार्टमेन्टमा छिरेको थियो । गेटमा नाम टिपाइदिनेदेखि ढोका खोल्न लगाउनेसम्मको काम तिनै महिलाले गरेकी थिइन् ।

ढोकामा अत्याधुनिक सेक्युरिटी सिस्टमको लक कोड राखिएको रहेछ । प्रहरीलाई त्यहाँ छिर्नका लागि ६ महिनासम्म अनुसन्धान गर्नुपरेको थियो । प्रहरीका अनुसार यौ’नधन्दा चलाउने मुख्य व्यक्ति पैसा मिटरब्याजमा लगाउने र मानव बे’चबिखनमा समेत संलग्न छन् । उनी अहिले फ’रार छन् । प्रहरीले प’क्राउ पूर्जी जारी गरेर खोजी रहेको छ ।

उनीहरूले त्यहाँबाट फोनमार्फत ग्राहक खोज्ने र उनीहरूलाई सम्पर्क गरेर यौ’नधन्दा चलाउने गरेको देखिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् । ‘उनीहरूले त्यसलाई अफिसको रूपमा राखेका रहेछन्,’ एसएसपी बज्राचार्यले भनिन्, ‘त्यहाँबाट ग्राहक खोज्ने, बोलाउने र धन्दा चलाउने गरेको देखियो ।’

एसएसपी बज्राचार्यका अनुसार कोरोना भाइरसको सं’क्रमणका कारण फोनबाट सम्पर्क गर्ने र त्यसअनुसार नै व्यवस्थापन गर्ने गरेको पाइएको छ ।

लेखापाल समेत राखेर कमिसन संकलन
उनीहरूले यौ’न धन्दा व्यवसायिक रूपमा चलाउँदै आएको समेत पुष्टि भएको छ । त्यसका लागि उनीहरूले एक जना लेखापाल (एकाउन्टेन) राखेका थिए । ती लेखापालले दैनिक कति ग्राहक आए ? को–को आए ? कति पैसाको यौन व्यापार आयो र कति कमिसन आयो भन्ने राख्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनीहरूले त्यसका लागि ३ वटा ‘डे बुक’मा पैसाको व्यवस्थापन गर्दै आएको देखिएको छ । ‘उनीहरूले को व्यक्ति आए/गए भन्ने कुरा राख्नका लागि ३ वटा डे बूक व्यवस्थापन गरेका थिए,’ एसएसपी बज्राचार्यले भनिन् । प्रहरीका अनुसार उनीहरूले एकजना ग्राहकसँग यौ’न सम्पर्क गरेबापत एक युवतीबाट २५ प्रतिशत कमिसन समेत लिने गरेका थिए ।

३ हजारदेखि १० हजारसम्म प्रतिव्यक्ति रेट
उनीहरूले व्यक्ति हेरेर ३ हजारदेखि १० हजारसम्म प्रतिव्यक्ति लिने गरेको देखिएको छ । ‘उनीहरूले व्यक्तिको हैसियत हेरेर रेट लिँदारहेछन्, त्यसमा विभिन्न खालका व्यापारीहरू पनि आउने गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने । प्रहरीले प’क्राउ परेका महिलाहरूसँग लिएको प्रारम्भिक अनुसन्धानमा उनीहरूले लगभग १०/१२ हजार व्यक्तिहरूसँग सम्पर्क भएको देखिएको छ । त्यसमा व्यक्तिहरू दोहोरिएका पनि छन् ।

उनीहरूले यौ’न सम्पर्क स्थापित गर्ने व्यक्तिहरूको नाम तथ्याङ्कमा विदेशी महिलाको नाम जस्तै राख्ने गरेको समेत पाइएको छ । प्रहरीले भदौ १ गते दिउँसो साढे ३ बजे ४ जना पुरुष र ३ महिलालाई प’क्राउ गरेको थियो । उनीहरूको पहिचान समेत खुलाएर प्रहरीले सार्वजनिक गरिसकेको छ ।

प’क्राउ पर्नेमा हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया गीता खड्गी, झापा दमक नगरपालिका– ७ का ५० वर्षीय राजेश अग्रवाल, रुकुमकी २३ वर्षीया ललिता बिक, बर्दिया ठाकुरबाबा नगरपालिकाकी २९ वर्षीय सुनिल विष्ट, काठमाडौं बालाजु बस्ने क्रिष्टिना केसी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका– ३ की २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ का ३३ वर्षीय प्रतीक कर्माचार्यलाई प्रहरीले प’क्राउ गरेको थियो । हि’रासतमा राख्न म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

स्राेतः गगन अर्याल/लोकान्तर

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०७:२०
प्रतिक्रिया दिनुहोस