बलिउड अभिनेत्री जान्ह्वी कपूरको सुन्दरता र उनको सुन्दर तस्वीरको निकै चर्चा रहने गरेको छ । जान्ह्वी फ्यान माझ अभिनयका अलावा आफ्नो सुन्दरताका कारणले पनि चर्चामा छिन् । यसैबीच उनको केही तस्वीर फेरी चर्चामा आएका छन् ।

जान्ह्वीको सामाजिक सञ्जालको पोष्टमा केही नयाँ तस्वीरहरु सार्वजनिक भएका छन् । लकडाउनमा उनी बिन्दस मुडमा देखिएकी छन् । रातो पहिरनमा सजिएर उनी प्रकृतीमा रमाइरहेको देख्न सकिन्छ ।
जान्ह्वीले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा समुन्द्र किनारमा रमाइलो गरेको तस्वीरहरु चर्चामा आएका हुन् । तस्वीरका साथमा उनले क्याप्सन लेखेकी छन्, ‘द बीच इज फन ।’ जान्ह्वी हालैमा ‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ मा देखा परेकि थिइन् । यस अलावा उनी चाडैँ ‘रूहीआफ्जा’, ‘तख्त’ र ‘दोस्ताना २’ जस्ता फिल्ममा देखा पर्नेछिन् ।

प्रकाशित मिति २०७८ भदौ १७ गते बिहिबार ०७:३३