बलिउड डेब्यु गर्दै शाहरुखकी छोरी सुहाना

बलिउड डेब्यु गर्दै शाहरुखकी छोरी सुहाना

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १६ गते बुधबार ०२:२८

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहानाले छिट्टै बलिउडमा डेब्यु गर्ने भएकी छिन्। सुहानालाई फिल्म मेकर जोया अख्तरले आफ्नो नयाँ चलचित्रमार्फत बलिउडमा डेब्यु गराउन लागेको मिडिया रिपोर्टहरूमा जनाइएको छ। जोया अन्तर्राष्ट्रिय...

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहानाले छिट्टै बलिउडमा डेब्यु गर्ने भएकी छिन्। सुहानालाई फिल्म मेकर जोया अख्तरले आफ्नो नयाँ चलचित्रमार्फत बलिउडमा डेब्यु गराउन लागेको मिडिया रिपोर्टहरूमा जनाइएको छ।

जोया अन्तर्राष्ट्रिय कमिक बुक ‘आर्ची’को इन्डियन एडप्टेसनमा काम गर्दै छिन्। यो प्रोजेक्ट ओटिटी प्लेटफर्म नेटफ्लिक्सबाट रिलिज हुने बताइएको छ।

प्रोजेक्टका लागि कलाकारहरू तय भइनसके पनि मुख्य भूमिकामा भने सुहानालाई देख्न सकिनेछ।

प्रकाशित मिति २०७८ भदौ १६ गते बुधबार ०२:२८
प्रतिक्रिया दिनुहोस