निःसन्तानको समस्या अहिलेको जल्दोबल्दो समस्या हो । समयमा पौष्टिक आहार नखाने, जीवनशैलीमा ध्यान नदिने जस्ता कारणले गर्दा हिजोआज धेरैमा निःसन्तान सम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो समय बढेको बुढेशकालमा विवाह गर्ने प्रचलनले पनि निःसन्तान बढाउने गरेको चिकित्सकहरु बताउँछन् । विश्वको तथ्यांकलाई हेर्ने हो भने महिला र पुरुषमा देखिने निःसन्तान सम्बन्धी समस्या १५ प्रतिशतसम्म देखिन्छ । यो नेपालमा झनै धेरै छ । यही प्रसंगमा निःसन्तान सम्बन्धी समस्या र त्यसको समाधानको विषयमा विशेषज्ञ डा. मीरा थापासँग गरिएको कुराकानी
किन हुन्छ निःसन्तान ?
कुनैपनि प्रजनन् योग्य उमेरमा सन्तानोत्पादनका लागि नियमित शारीरिक सम्पर्क राख्दा पनि विभिन्न कारणले गर्भधारण हुन नसक्नुलाई निःसन्तान सम्बन्धी समस्या भनिन्छ । चिकित्सकहरुका अनुसार सन्तान हुने÷नहुने विषय विवाहित दम्पतिको पेसा, जीवनशैली, स्वभाव, पारिवारिक वातारण आदिमा भर पर्छ ।
निःसन्तानको समस्या भोगेकाहरुबाट बच्चा नै हुँदैन र भइहाले पनि तुहिने, बिग्रिने जस्ता समस्याहरु निम्तिन्छन् । निःसन्तानको समस्या डिम्बवाहिनी नली बन्द हुनु, पुरुषको वीर्य उत्पादन क्षमता कम हुनु, डिम्ब उत्पादन गर्ने हर्माेनको मात्रामा कमी आउनु जस्ता कारणले निम्तिन्छ । निःसन्तान सम्बन्धी समस्या पुरुषको कारणले, महिलाको कारणले र दुवैको कारणले पनि हुने गर्छ ।
कस्तो छ नेपालमा निःसन्तान सम्बन्धी अवस्था ?
नेपालमा अहिले निःसन्तानको समस्या बढ्दो मात्रामा छ । नेपालमा अहिले महिला र पुरुष दुवैमा निःसन्तानको समस्या हुने दर २० प्रतिशत पुगेको छ । विश्वभरका कुल प्रजनन् योग्य जनसंख्याको १५ प्रतिशतमा निःसन्तान सम्बन्धी समस्या देखिन्छ ।
अहिले खानपानमा आएको परिवर्तन लगायतका कारणले गर्दा नेपालमा निःसन्तानको समस्या देखिने गर्छ । खाडी मुलुकमा काम गर्न जाने युवाहरुमा पनि यस्तो समस्या धेरै देखिन्छ । यसबाहेक पनि ढिला विवाह हुनु, करियर ओरिएन्टेड हुनु जस्ता कारणले पनि निः सन्तान गराउने सम्भावना धेरै हुन्छ । यसबाहेक पनि नेपालमा तरकारीमा हुने बढी रासायनिक मलको प्रयोग आदि कारणले पनि समस्या सिर्जना गराउँछ । अहिले नेपालमा महिलामा नि:सन्तान सम्बन्धी समस्या ४० प्रतिशतमा र पुरुषमा पनि ४० प्रतिशत नै बाँझोपनाको समस्या देखिने गरेको छ ।
निःसन्तान सम्बन्धी समस्या निको हुन्छ कि हुन्न ?
निःसन्तानको समस्या निको हुने समस्या हो । तर यो कुन स्तरमा छ ? भन्ने आधारमा यो तय हुन्छ । सामान्य अवस्थाको निःसन्तान सम्बन्धी समस्या छ भने त्यस्तो अवस्थामा काउन्सिलिङबाट पनि यसको समाधान खोज्न सकिन्छ । जटिल खालको निःसन्तान सम्बन्धी समस्यालाई भने वैकल्पिक उपाय अपनाउनुपर्ने हुन्छ ।
जस्तो अण्डा उत्पादनमा कमी आउनु, बढी उमेर, महिलाको अण्डकोश र पुरुषको नलीमा हुने ट्युब ब्लक हुनु जस्ता समस्याले पनि निःसन्तानको समस्या देखिन्छ । जस्तो, ४० वर्षपछि औषधि दिएर निःसन्तानको समाधान सम्भव हुँदैन । कतिपय अवस्थामा हर्माेन साइलेन्स अवस्था भएर पनि निःसन्तान सम्बन्धी समस्या सिर्जना हुन्छ ।
नेपालमा टेस्ट ट्युब बेबी कति सफल छ ?
बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर प्रजननको लागि तयार पार्ने प्रविधि नै टेस्ट ट्युब बेबी हो । यस्तो प्रक्रियालाई अँग्रेजीमा इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ । आमाको डिम्ब र बाबुको शुक्रकिटलाई ल्याबमा निकालिने भएकोले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो ।
यो प्रविधिमा सबै अभ्यास सफल हुन्छ नै भन्ने हुँदन । कतिपय विकसित मुलुकहरुमा टेस्ट ट्युब बेबीको सफलता दर ७० प्रतिशतसम्म छ । तर नेपालमा भने अहिलेको अवस्थामा यसको दर ३५–५० प्रतिशत मात्रै सफलताको दर देखिन्छ । टेस्ट ट्युब बेबी धेरै जोखिमपूर्ण हुँदैन । नेपालमा एउटा टेस्ट ट्युब बेबीको मूल्य ३ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म लाग्ने गर्छ ।
निःसन्तान समस्याको उपचार यसरी
गर्भनिरोधक साधनको प्रयोग नगरीकन दुई वर्षसम्म सँगै बस्दा पनि कुनै दम्पतीका सन्तान भएनन् भने त्यसलाई निःसन्तान समस्या भएको मानिन्छ । त्यस्तै, ३० देखि ३५ वर्ष उमेरमाथिका दम्पतीमा चाहँदा–चाहँदै पनि एक वर्षसम्म सन्तान नभएमा समेत निःसन्तान हो भन्ने बुझ्नुपर्छ । नेपालमा निःसन्तानबारे त्यति राम्ररी अध्ययन भएको छैन । यद्यपि, नेपालका विभिन्न अस्पतालबाट प्राप्त तथ्यांकका आधारमा गरिएको अध्ययनअनुसार विवाहित जनसंख्यामध्ये कम्तीमा १५ प्रतिशतमा निःसन्तानको समस्या रहेको पाइएको छ । अन्य देशको तुलनामा यो संख्या उच्च हो । नेपालमा निःसन्तान दम्पतीको जनसंख्या उच्च हुनुमा यस्ता कारण छन् :
कारण
पुरुषको वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी हुनु, शुक्राणु उत्पादन नै नहुनु, भए पनि संक्रमण हुनु, शुक्राणुको बनावटमा खराबी हुनु र शुक्रनलीको अन्य भागमा कुनै अवरोध आउनु ।
महिलाको अन्डाशयमा अन्डा विकसित नहुनु, स–साना डिम्ब नबन्नु, पाठेघरको नली बन्द हुनु, अन्डाशयमा पानी वा पिप जम्नु, पाठेघरको झिल्लीमा क्षयरोग, ट्युमर या अन्य रोगको संक्रमण देखिनु र गर्भाशयको मुख सानो भई बच्चा उत्पादन ्र
हुन नसक्नु ।
बढ्दो वैदेशिक रोजगारीसमेत पछिल्लो समयमा निःसन्तान समस्याको कारक बनेको छ । युवाहरू बढी समय विदेशमा बिताउने, बढी उमेरमा बिहे गर्ने भएकाले समेत दम्पतीको प्रजनन स्वास्थ्यमा असर गरिरहेको छ । यसबाहेक, क्षयरोग पनि निःसन्तानको मुख्य कारक मानिन्छ ।
याे पनी
चेकजाँच र उपचार
निःसन्तान समस्या भएकामध्ये करिब ८५ प्रतिशतको सामान्य चेकजाँच र उपचारबाट समस्या समाधान गर्न सकिन्छ । यसमा रगत, वीर्य, एक्सरे तथा प्रजनन अंग परीक्षण गरी समस्या समाधान गरिन्छ । यसका लागि आइयुआई र आइभिएफ प्रविधि अपनाएर उपचार गर्न सकिन्छ ।
बाँकी १५ प्रतिशतमा शल्यक्रिया र टेस्टट्युब प्रविधिबाट सन्तान जन्माउन सकिन्छ ।
यदि, यसबाट पनि सम्भव नभएमा सरोगेसीमार्फत पनि सन्तान जन्माउन सकिन्छ । (सरोगेसी सिस्टम नेपालमा अहिले अवैधानिक मानिन्छ । तर, नेपाली नागरिकले नेपाली नागरिकका लागि भने सरोगेसीबाट सन्तान जन्माउन पाउने अधिकार छ । यद्यपि, यो हालसम्म लागू भएको छैन ।)
निःसन्तान दम्पतीले चेकचाँज गर्न
जाने समय महिनावारी भएको ७ देखि १० दिनभित्र हो । यो अवधिमा चेकजाँच गर्दा कम समय लाग्ने हुँदा सजिलो हुन्छ ।
प्रकाशित मिति २०७८ भदौ १६ गते बुधबार १२:३७