जब प्रियंकालाई हटाएर रातारात ऐश्वर्यालाई फिल्म दिइयो…

जब प्रियंकालाई हटाएर रातारात ऐश्वर्यालाई फिल्म दिइयो…

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १३ गते आईतबार ०८:३१

बलिउडमा मात्र होइन हलिउडमा समेत नाम कमाउन सफल अभिनेत्री प्रियंका चोपडाले बलिउडमा आफ्नो करियर बनाउन निकै संघर्ष गरेकी छिन् । उनले थुप्रै समस्याहरुको सामना गरेर बलिउडमा आफू स्थापित भएको बताउँदै आएकी छिन् । उनलाई बलिउडमा थुप्रै...

बलिउडमा मात्र होइन हलिउडमा समेत नाम कमाउन सफल अभिनेत्री प्रियंका चोपडाले बलिउडमा आफ्नो करियर बनाउन निकै संघर्ष गरेकी छिन् । उनले थुप्रै समस्याहरुको सामना गरेर बलिउडमा आफू स्थापित भएको बताउँदै आएकी छिन् । उनलाई बलिउडमा थुप्रै पटक धोका दिइएको समेत उनले खुलाएकी छिन् ।

उनलाई उमराव जान फिल्मबाट निकालिएको सन्दर्भलाई जोड्दै उनको सट्टामा अभिनेत्री ऐश्वर्या रायलाई लिइएको समेत बताइन् । सन् २००६ मा उनी बलिउडमा नयाँ थिइन् । र ठूलो फिल्मको खोजीमा थिइन् । उनलाई उमराव जान फिल्मको अफर आयो । निकै खुशीका साथ उनले उक्त अफर स्वीकार गरिन् ।

तर, रातारात फिल्मको अफर ऐश्वर्यालाई गरियो । उक्त फिल्ममा अभिषेक बच्चनको मुख्य भूमिका थियो । प्रियंकालाई हटाएर फिल्ममा ऐश्वर्यालाई लिइएको थाहा पाएपछि उनी निकै दुखी भइन् । तर, उनले जीवनमा कहिल्यै हार मानिनन् । उनले संघर्षलाई जारी राखिन् । र आज यो स्थानसम्म पुग्न सफल भइन् ।

प्रकाशित मिति २०७८ भदौ १३ गते आईतबार ०८:३१
प्रतिक्रिया दिनुहोस