त्यो चर्चित झगडा करिश्मा र रविनाबीचको , कारण थिए अजय देवगन

त्यो चर्चित झगडा करिश्मा र रविनाबीचको , कारण थिए अजय देवगन

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १३ गते आईतबार ०८:१५

करिश्मा कपुर र रविना टन्डन दुई दशकअघि बलिउडमा सफल र सक्रिय अभिनेत्री थिए। दुबैले केही चर्चित फिल्ममा सँगै अभिनय गरेका छन्। आज र उनीहरुको प्रशंसकको संख्या अहिले पनि ठूलो छ। दर्शकको मनमा आज पनि ठाँउ बनाउन सफल यी दुई अभिनेत्री कुनै...

करिश्मा कपुर र रविना टन्डन दुई दशकअघि बलिउडमा सफल र सक्रिय अभिनेत्री थिए। दुबैले केही चर्चित फिल्ममा सँगै अभिनय गरेका छन्। आज र उनीहरुको प्रशंसकको संख्या अहिले पनि ठूलो छ। दर्शकको मनमा आज पनि ठाँउ बनाउन सफल यी दुई अभिनेत्री कुनै बेला एकअर्काबाट सकेसम्म टाढा बस्न खोज्थे।

कोइमाइका अनुसार करिश्मा र रविनाबीच दुश्मनीको भावना थियो। उनीहरु कहिल्यै मिल्ने सहकर्मीका रुपमा देखिएनन्। एक पटक त उनीहरुको झगडाले ठूलै चर्चा पाएको थियो। करिश्मा र रविनाबीचको दुश्मनीका कारण थिए अभिनेता अजय देवगन।

सन् १९९४ मा ‘दिलवाले’ फिल्मको सुटिङ क्रममा अजय र रविना नजिकिएका थिए। रिर्पोटहरुका अनुसार यदि करिश्मा कपुर अक्षयको जीवनमा नआएको भए रविना र अजयको सम्बन्धले नयाँ रुप लिने थियो, तर करिश्माले गर्दा उनीहरुको प्रेम कहानी भाँडियो।

यतिसम्म भनिन्छ कि करिश्मासँग काम गर्न अजयले रविनालाई फिल्महरुबाट निकाल्न लगाएका थिए। यसले रविना र करिश्माको सम्बन्धमा ठूलो दरार आयो। कतिसम्म भने, साहरुख खानको होली पार्टीमा सँगै फोटो खिच्न बोलाउँदा दुवैले अस्वीकार गरेका थिए।

करिश्मासँग फोटो खिच्न नमान्नुको कारण सोध्दा रविनाले भनेकी थिइन्, ‘करिश्मासँग फोटो खिचेर म सुपरस्टार हुँदिन। काम पर्यो भने म झाडु लिएर फोटो खिच्न पनि तयार छु। करिश्मा र अजय मेरा मिल्ने साथी होइनन्। तर उनीहरुसँग काम गर्नु पर्यो भने म त्यसका लागि पनि तयार हुन्छु। कामको विषयमा म आफ्नो अहंकारलाई बीचमा ल्याउँदिन।’

रविनाले कयौं पटक करिश्माबारे अन्तर्वार्तामा बोलेकी छिन्। एकपटक करिश्माले उनलाई थुप्रै नयाँ फिल्मबाट निकालेको आरोप लगाएकी थिइन्। ‘म ती अभिनेत्रीको नाम त लिँदिन तर उनी मसँग यति असुरक्षित महसुस गर्छिन्, मलाई चार नयाँ फिल्म खेल्नबाट वञ्चित गरिदिइन्,’ आइबी टाइम्ससँगको अन्तर्वार्तामा रविनाले भनेकी थिइन्, ‘एउटा फिल्म म र उनीसँगै अभिनय गर्नुपर्ने अफर आएको थियो। ती अभिनेत्री सो फिल्मका निर्माता र अभिनेतासँग नजिक थिइन्। पछि मलाई मेरो ठाँउमा अर्कै अभिनेत्रीलाई राख्न लगाइन्। यो क्षेत्रमा यस्तो भइरहन्छ तर मलाई यी चक्करमा पर्नु छैन।’

रविनाले उनलाई फिल्मबाट निकाल्न लगाउने अभिनेत्रीको नाम नभने पनि सबैले उनी अरु कोही नभएर करिश्मा हुन् भन्ने अनुमान गरेका थिए। अजयका कारण यी दुईबीच नराम्रो झगडा भए पनि अन्तमा अजयले रविना वा करिश्मालाई रोजेनन् । उनले सन् १९९९ मा अभिनेत्री काजोलसँग विवाह गरे।

निर्देशक फराह खानले पनि रविना र करिश्माबीच भएको झगडाबारे बोलेकी थिइन्। ‘कफि विथ करण’ कार्यक्रममा उनले भनेकी थिइन्, ‘आतीश फिल्मको एउटा गीतका लागि रविना र करिश्मासँग काम गर्नुपर्ने थियो। उनीहरुले बाहिर देखाएका त थिएनन् तर झगडाको भावना भने थियो।

एउटी अभिनेत्रीले अर्कीलाई आफ्नो विगले हिर्कारहेकी हुन्थिन् र अर्की भने आफ्नो हिल जुत्ताले खुट्टा कुल्चिन खोजिरहेकी हुन्थिन्। उनीहरुको व्यवहार बच्चाजस्तै थियो। अहिले उनीहरु दुवै त्यो क्षण सम्झेर हाँस्छन् होला’। कोइमाइका अनुसार रविना टन्डन र करिश्मा कपुरबीचको सम्बन्ध अहिले भने राम्रो छ। उनीहरु एकअर्काको कामलाई पनि सराहना गर्छन्।

प्रकाशित मिति २०७८ भदौ १३ गते आईतबार ०८:१५
प्रतिक्रिया दिनुहोस