मनीषाका कारण म पागल जसरी राेएँ: ऐश्वर्या राय

मनीषाका कारण म पागल जसरी राेएँ: ऐश्वर्या राय

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १२ गते शनिवार ०७:३७

बलिउडमा कलाकारबीच गाँसिने मित्रता र प्रेमसँगै प्रेम सम्बन्धका कारण हुने झगडा पनि अस्वभाविक मानिँदैन। अभिनेत्रीहरुमध्ये पनि रुप र अभिनय दुबैमा अब्बल मनीषा कोइराला र ऐश्वर्या राय बच्चनबीचको यस्तै झगडा भएको थियो। कुरा सन् १९९४...

बलिउडमा कलाकारबीच गाँसिने मित्रता र प्रेमसँगै प्रेम सम्बन्धका कारण हुने झगडा पनि अस्वभाविक मानिँदैन। अभिनेत्रीहरुमध्ये पनि रुप र अभिनय दुबैमा अब्बल मनीषा कोइराला र ऐश्वर्या राय बच्चनबीचको यस्तै झगडा भएको थियो।

कुरा सन् १९९४ तिरको हो। त्यसबेला मोडल राजीव मुलचन्दनीले मनीषाका लागि ऐश्वर्यालाई धोका दिएको हल्ला चलेको थियो। बलिउडमा सनसनी मचाएको यो झगडाले यी दुई अभिनेत्रीबीचको सम्बन्ध चिसिएको थियो।

हल्ला चलेको पाँच वर्षपछि ऐश्वर्याले यसबारे बोलेकी थिइन्, जसमा उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘सन् १९९४ को सुरुतिर एउटा परिचित म्यागजिनले मनीषाका लागि राजीवले मलाई धोका दिएको भनेर लेखेको थियो। राजीव केवल मेरो मिल्ने साथी थियो र त्यो समाचार मलाई चित्त बुझेको थिएन। त्यसैले मैले त्यतिबेलै राजीवलाई फोन गरेर मनीषा र उसको प्रेम सम्बन्धमा मलाई नतान्न भनेकी थिएँ। तर त्यसको दुई महिनापछि मनीषा फेरि अर्कै केटालाई डेट गर्न थालिन्। उनी हरेक दुई महिनामा नयाँ केटासँग हुन्छिन्।’

ऐश्वर्याका अनुसार जब उनले सन् १९९५ मा ‘बम्बे इन तामिल’ फिल्म हेरिन्, उनलाई त्यसमा मनीषाको अभिनय साह्रै मन परेको थियो। मनीषालाई बधाइ दिन उनले एउटा फुलको गुच्छा उपहार दिने सोच बनाइरहेकी थिइन्, तर त्यही बेला राजीवले फोन गरेर उनलाई पत्रिका पढ्न भने।

‘पत्रिकामा मनीषाले राजीवले मलाई प्रेम पत्र पठाएको दाबी गरेकी रहेछिन्, जुन सरासर झुटो थियो,’ उनले भनिन्, ‘मनीषाको त्यस्तो व्यवहारले मलाई निकै नराम्रो लागेको थियो। यदि मेरै कारणले राजीवसँग उनको सम्बन्ध बिग्रिएको थियो भने उनले किन त्यतिबेलै नबोलेर अहिले यस्तो कुरा गरिरहेकी छिन्?’

‘मनीषाको यो विषयले मलाई सुरुसुरुमा धेरै दु:ख थियो। उनको कुराले मेरो मन दुखेको थियो। म पागल जसरी रुन्थें,’ ऐश्वर्याले भनेकी छन्, ‘मेरोबारे त्यति कुरा काटेपछि उनी पानीमाथिको ओभानो बन्न खोजिरहन्थिन्। यसमा मिडियाको पनि ठूलो हात छ। अहिले कसैले मेरोबारे केही भनेको समाचार आयो भने त्यो पक्कै मनीषा हुनुपर्छ भन्ने मेरो दिमागमा आउँछ।

राजीवसँग भएको घटना बितेको यत्रो वर्ष हुँदा पनि उनी मेराे बारेमा अझै नकारात्मक प्रतिक्रिया दिइरहन्छिन्। यसको मतलब मसँगको बदला केबल उनको प्रेम सम्बन्धमा होइन रहेछ। मनिषा आफूभन्दा वरिष्ठ अभिनेत्री रेखा र श्रीदेवीबारे त नराम्रो बोल्छिन्, म झन् उनका लागि को नै हो र!’

हाल ऐश्वर्या अभिनेता अभिषेक बच्चनसँग सुखमय दाम्पत्य जीवन बिताइरहेकी छन्। उनीहरुको नौ वर्षिया छोरी आराध्या बच्चन छिन्।

प्रकाशित मिति २०७८ भदौ १२ गते शनिवार ०७:३७
प्रतिक्रिया दिनुहोस