हृदयघात भएपछि रेमो डिसुजा अस्पताल भर्ना

हृदयघात भएपछि रेमो डिसुजा अस्पताल भर्ना

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर २६ गते शुक्रबार १२:१८

हृदयघात भएपछि बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना भएका छन्। शुक्रबार दिउँसो हृदयघात भएपछि मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरेको एबिपी न्युजले जनाएको छ। उनी अस्पताल भर्ना भएको...

हृदयघात भएपछि बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना भएका छन्। शुक्रबार दिउँसो हृदयघात भएपछि मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरेको एबिपी न्युजले जनाएको छ।

उनी अस्पताल भर्ना भएको निर्देशक अहमद खानले पुष्टि गरेका छन्।
एबिपी न्युजका अनुसार अहिले उनलाई अस्पतालको आइसियूमा भर्ना गरिएको छ। कोरियोग्राफर डिसुजाकी पत्नी लिजेल पनि उनको साथमा छन्।

लिजेलका अनुसार रेमोको एन्जियोग्राफी गरिएको छ।

प्रकाशित मिति २०७७ मङ्सिर २६ गते शुक्रबार १२:१८
प्रतिक्रिया दिनुहोस