सलमान खानसँग यस कारण गाडीमा बस्न डराउँछिन् उनकी आमा

सलमान खानसँग यस कारण गाडीमा बस्न डराउँछिन् उनकी आमा

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ८ गते मङ्गलबार ०९:३८

सलमान खान सफल अभिनेताबाहेक बलिउडका प्रभावशाली कलाकारका रुपमा चिनिन्छन्। उनका फिल्मले बक्स अफिसमा पाउने सफलता होस् वा अन्य विषयका कारण भारतीय मिडिया सलमानको वरिपरि घुम्छ। तर सलमानको स‌ंसार भने उनकी आमा सलमा वरिपरि घुम्छ। सलमान...

सलमान खान सफल अभिनेताबाहेक बलिउडका प्रभावशाली कलाकारका रुपमा चिनिन्छन्। उनका फिल्मले बक्स अफिसमा पाउने सफलता होस् वा अन्य विषयका कारण भारतीय मिडिया सलमानको वरिपरि घुम्छ। तर सलमानको स‌ंसार भने उनकी आमा सलमा वरिपरि घुम्छ।

सलमान र उनकी आमा सलमाबीच गहिरो सम्बन्ध छ। व्यक्तिगत जीवनमा यी आमा-छोरा प्राय सँगै हुन्छन् तर बाहिर भने उनीहरु एकअर्कासँग कमै देखिन्छन्। यी दुईलाई सँगै नदेखिने एउटा कारण हो सलमानको ड्राइभिङ। सलमाका अनुसार उनी सलमानसँग गाडीमा हिँड्न डराउँछिन्। उनले यो कुरा फरहान खानको च्याट सोमा उपस्थित भएको बेला भनेकी थिइन्।

‘सलमानले गाडी चलाएको बेला म उसँग बस्दिन,’ सलमाले फरआनलाई भनेकी थिइन्। आमाको यस्तो कुरा सुनेपछि सलमानले सोधे, ‘आमा, तपाईं मैले गाडी चलाएको बेला किन बस्नु हुन्न? तपाईं मेरो ड्राइभिङबारे गलत धारणा दिँदै हुनुहुन्छ।’ सलमानको कुरालाई स्पष्ट पार्दै सलमाले भनिन्, ‘त्यस्तो होइन। सलमानलाई ट्राफिक सिग्नलमा रोक्न मन लाग्दैन। गाडी घुमाएर बस्छ, अनि मलाई चक्कर आउन थाल्छ।’

सलमाले च्याट सोमा सलमानको ड्राइभिङबारे कुरा गरिरहँदा सलमानविरुद्ध मुद्दा चलिरहेको थियो। सन् २००२ मा मादक पदार्थ पिएर गाडी चलाउँदा उनले बाटो छेउको पेटीमा सुतिरहेका पाँचजना व्यक्तिमाथि आफ्नो गाडी चलाएका थिए। दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो।

यो मुद्दालाई लिएर सर्वोच्च अदालतले उनीमाथि चिट काटेको थियो। फरहानसँगको च्याट सोमा सलमानले यो घटनाबारे पनि बोलेका थिए, ‘आमा ममाथि दुर्घटनाको मुद्दा चलिरहेको थाहा हुँदाहुँदै तपाईं किन मेरो ड्राइभिङको खेदो गरिरहनु भएको छ? च्याट सोमा आएर यस्तो कुरा गर्नु हुँदैन भनेर तपाईंलाई थाहा छ त।’

सलमा आफ्ना अर्का दुई छोरा सोहेल र अरबाज खानले गाडी चलाउँदा पनि डराउँछिन्। च्याट सोमा सलमानले बालापनका सम्झनाहरु पनि सेयर गरेका थिए। ‘जब आमा मलाई छोडेर कतै बाहिर जान खोज्नु हुन्थ्यो, म उहाँको पछ्यौरा समातेर रुन थाल्थेँ,’ सलमान भन्छन्, ‘उहाँ सधैं मलाई आफ्नो हातले दाल र भात खुवाउनु हुन्थ्यो। आमाले खुवाउन छोडेपछि मैले दाल-भात खान छोडिदिएँ।’

प्रकाशित मिति २०७८ भदौ ८ गते मङ्गलबार ०९:३८
प्रतिक्रिया दिनुहोस