स्व. दिपेन्द्रको‌ स्मृतिमा बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई‌ खाद्यन्न बितरण

स्व. दिपेन्द्रको‌ स्मृतिमा बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई‌ खाद्यन्न बितरण

रजनी तामाङ

@SancharBani

२०७८ साउन २९ गते शुक्रबार ०१:४६

पोखरा -१६ , लामाचौर बाँनियाथर निवासी स्व. दिपेन्द्र बाँनियाको तेश्रो पुण्य तिथिका सन्दर्भमा शुक्रबार उनको घर परिवारबाट पोखरा-१४, बाच्छी बुडुवा स्थित वात्सायन बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई‌ खाद्यन्न सामग्री हस्तान्तरण गरी उनको...

पोखरा -१६ , लामाचौर बाँनियाथर निवासी स्व. दिपेन्द्र बाँनियाको तेश्रो पुण्य तिथिका सन्दर्भमा शुक्रबार उनको घर परिवारबाट पोखरा-१४, बाच्छी बुडुवा स्थित वात्सायन बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई‌ खाद्यन्न सामग्री हस्तान्तरण गरी उनको स्मरण गरेका छन् ।

पराम्परागत रुपले तामझाम भन्दा नि त्यही खर्चले असक्त अशाह्य बृद्धबृद्वाहरुलाई भोक मेटाउदा आफूलाई अझै सन्तुष्टि‌ हुने हुदा यसरी खाध्यान्न सामाग्री वितरण गरिएको स्व. दिपेन्द्र बानियाँकी धर्मपत्नी सम्झना थापा बानियाँले बताउनु भयो ।

सुगम ठाउँहरुमा रहेका बृद्दाश्रमहरुमा धेरैको नजर पुग्ने तर अलि कोल्टो परेको र दुर्गम ठाउँका बृद्वश्रमहरुमा त्यति दाता नपुग्ने भएकोले पोखरामा भएर पनि अोझेल परेको वात्सायन बृद्धाश्रमलाई खाध्यान्न हस्तान्तरण गरिएको‌ कुरा स्व. दिपेन्द्रको‌ साडु दाइ काजी गाउँलेले बताउनु भयो ।

स्व. दिपेन्द्रका छोरी सिम्रन बानियाँ र नाबालक छोरा सम्राट बानियाँले बृद्वबृद्वाहरुलाई दुध, दही, फ्रुटि लगायत अन्य खाद्य सामग्री बितरण गर्नु भएको थियो ‌।

प्रकाशित मिति २०७८ साउन २९ गते शुक्रबार ०१:४६
प्रतिक्रिया दिनुहोस