काठमाडौं-साईप्रसमा एक नेपाली युवतीले आ’त्मह’ त्या गरेकी छन् । आ’त्मह’त्या गर्नेमा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं। ८ की २३ वर्षीया नेपाली युवती शुक्री तामाङ रहेकी छन् ।
मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न गएकी थिइन् ।
उनका पतिको नेपालमा दु’र्घटनामा परी मृ’त्यु भएको थाहा पाएपछि यस्तो कदम चालेको बताइएको छ । श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइईप्रसमा गएकी थिइन् ।
मृतक शुक्री तामाङले टिकटकमा श्रीमान्को दुर्घ’टनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन्
प्रकाशित मिति २०७७ मङ्सिर २३ गते मङ्गलबार ११:५३