श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान !

श्रीमतीसँग झगडा भएपछि ४ सय ५० किलोमिटर हिँडे श्रीमान !

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर २३ गते मङ्गलबार ०८:११

श्रीमतीसँग झगडा परेपछि इटालीका एक पुरूष ४ सय ५० किलोमिटर हिँडेका छन्। श्रीमतीसँग झगडा परेपछि एक हप्ताअघि रिसाएर घरबाट निस्किएका ती पुरूषले ४ सय ५० किलोमिटर हिँडेको बिबिसीले जनाएको छ। सो खबर बाहिरिएपछि इटालियनहरूले उनलाई ‘फोरेस्ट...

श्रीमतीसँग झगडा परेपछि इटालीका एक पुरूष ४ सय ५० किलोमिटर हिँडेका छन्। श्रीमतीसँग झगडा परेपछि एक हप्ताअघि रिसाएर घरबाट निस्किएका ती पुरूषले ४ सय ५० किलोमिटर हिँडेको बिबिसीले जनाएको छ।

सो खबर बाहिरिएपछि इटालियनहरूले उनलाई ‘फोरेस्ट गम्प’को उपनाम समेत दिएका छन्। सन् १९९४ को सिनेमा फरेस्ट गम्पमा हलिउडका कलाकार टम ह्याङ्क्स हजारौं किलोमिटर हिँडेका थिए।

इटालीको कोमोबाट हिँडेको एक हप्तापछि उनलाई एड्रियाटिक कोस्टको फानोमा बिहान २ बजे प्रहरीले रोकेको थियो।
उनलाई कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएका कर्फ्युको उल्लंघन गरेको भन्दै प्रहरीले रोकेको हो।

४८ वर्षीय ती पुरूषलाई प्रहरीले ४ सय ८५ डलर जरिवाना समेत तिराएको छ।
प्रहरीले सुरूमा उनी ४ सय ५० किलोमिटर हिँडेको कुरा विश्वास गरेका थिएनन्। तर एक हप्ताअघि आफ्ना श्रीमान हराएको भन्दै उनकी श्रीमतीले कोमोमा उजुरी दिएकी थिइन्।

इटालीका मिडियाका अनुसार प्रहरीले उनलाई भेटाउँदा उनी थकित र चिसिएका थिए।
‘म ठिक छु, अलिक थकाइ मात्र लागेको छ,’उनले प्रहरीलाई बताएका थिए।
हिँडाइका दौरान उनलाई अपरिचित व्यक्तिहरूले खाना दिएका थिए।
समाचार पत्र इन्डिपेन्डेन्टका अनुसार उनी दैनिक करिब ६५ किलोमिटर हिँड्थे।

इटालीमा दोस्रो चरणको कोरोनाभाइरसलाई नियन्त्रण गर्न सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाएको छ।
धेरै संक्रमित भएका क्षेत्रमा सरकारले ‘रेड जोन’ तोकेको छ।
त्यस्तो ठाउँमा घर नजिकै भएमामात्रै बाइक वा पैदल हिँड्डुल गर्न दिइएको छ। तर कहाँसम्म जान पाइने भनेर तोकेको भने छैन।

प्रकाशित मिति २०७७ मङ्सिर २३ गते मङ्गलबार ०८:११
प्रतिक्रिया दिनुहोस