२५ बर्षको अवधिमा ६ पटक विवाह गरिन् यी अभिनेत्री

२५ बर्षको अवधिमा ६ पटक विवाह गरिन् यी अभिनेत्री

सञ्चार बाणी

@SancharBani

२०७८ साउन ३ गते आईतबार ०७:००

गत वर्षको क्रिसमसमा हलिउड अभिनेत्री पामेला एण्डरसनले छैटौँ पटक विवाह गरेकी छन् । ५३ वर्षकी पामेलाले आफ्नै बडीगार्ड डेन हायरस्टसँग क्रिसमसमा विवाह गरेकी हुन् । बडीगार्ड डेन हायरस्टसँग् क्रिसमस २०२० मा विवाह गरेकी हुन् । छैटौं...

गत वर्षको क्रिसमसमा हलिउड अभिनेत्री पामेला एण्डरसनले छैटौँ पटक विवाह गरेकी छन् । ५३ वर्षकी पामेलाले आफ्नै बडीगार्ड डेन हायरस्टसँग क्रिसमसमा विवाह गरेकी हुन् ।

बडीगार्ड डेन हायरस्टसँग् क्रिसमस २०२० मा विवाह गरेकी हुन् । छैटौं पटक विवाह गरे पनि श्रीमान् भने पाँच वटा मात्र थिए। एक जनासँग उनले दुई पटक विवाह गरिन्। जसका कारण गणनामा उनको यो छैटौँ विवाह हो । दुवैको विवाह भ्यांकुवर आइल्याण्डमा भएको थियो । उनको पहिलो विवाह टमी लीसँग १९९५ मा भएको थियो ।

उनले यसरी हिसाब गर्दा २५ वर्षको अवधिमा ६ पटक विवाह गरिन्। उनले पहिलो विवाह सन् १९९५ मा गरिरेकी थिइन्। टाँमी लीसँग उनले पहिलो विवाह गरेकी थिइन्। उनीहरूका दुई छोरा छन्। तर, तीन वर्षपछि १९९८ मा सम्बन्धविच्छेद् भयो।

उनबाट पामेलाले दुई छोरा ब्रेण्डन थोमस र डायलेन जोगरलाई जन्म दिइन् । ३ वर्षपछि १९९८ मा उनीहरुको सम्बन्ध बिच्छेद भयो । पामेलाले दोश्रो विवाह सिंगर किड रकसँग २००६ मा गरिन् । तर एक वर्षमै उनीहरु अलग भए ।

२००७ मा पामेलाले रिक सालोमनसँग विवाह गरिन् तर २००८ मा उनीसँग पनि सम्बन्ध बिच्छेद भयो ।पछि पाम र रिकले २०१४ मा फेरि विवाह गरे र २०१५ मा फेरि सम्बन्ध बिच्छेद गरे ।

त्यसपछि उनले छैटौं विवाह आफ्नै बडिगार्डसँग गत वर्षको क्रिसमसमा गरेकी हुन्। जुन विवाह पनि टुटेको भन्‍ने खबर अहिलेसम्म आएको छैन। उनको विवाहभन्दा पनि कहिले सम्बन्धविच्छेद् हुन्छ भन्‍ने कुरा हलिउडमा प्रमुख मानिन्छ।

प्रकाशित मिति २०७८ साउन ३ गते आईतबार ०७:००
प्रतिक्रिया दिनुहोस