पोखरा । रोटरी क्लव अफ पोखरा न्यूरोडको १२औं पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रबार आयोजित एक समारोहका वीच बर्ष २०२१/०२२ का क्लव अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराइएको क्लवका पूर्वअध्यक्ष एवं कार्यक्रमका संयोजक दिनेशचन्द्र बास्तोलाले जानकारी दिए ।
पदस्थापन अधिकृत एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिष्ट्रिक्ट गभर्नर ईलेक्ट जितेन्द्र बहादुर राजभण्डारीले क्लव अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति शर्माले वर्ष २०२१/०२२ अध्यक्ष सुवर्ण कोइरालालाई रोटरी ग्राभेल तथा ह्याम्मर हस्तान्तरण गर्दै पद हस्तान्तरण गरे ।
शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । साथै उनले अध्यक्षसहितको नयाँ टिमलाई सफल कार्यकालको शुभकामना एवं सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उक्त अवसरमा अध्यक्ष कोइरालाले आफूलाई थप जिम्मेवारी महसूस भएको बताए । उनले कोभिड-१९ ले निम्ताएको संकटलाई चुनौतीका रुपमा सामना गर्दै चुनौतीका बिचबाट अवसरको पहिचान गरी क्लवमा एउटा ईटा भए पनि थप गर्ने प्रतिबद्वता जनाए ।
उनले क्लवको इतिहास, अग्रजले सिकाएको पाठ र अगाडिका योजनाहरुलाई आत्मसाथ गर्ने र क्लवको प्रतिष्ठासँगै सामाजिक क्षेत्रमा क्रियाशील हुँदै आफ्नो कार्यकाललाई स्वर्णिम बनाउने स्पष्ट पारे ।
प्रमुख अतिथि एवं गभर्नर राजभण्डारीले नेपालमा रोटरीको आवश्यकता र महत्व बढ्दै गएको बताए । उनले रोटरीयन सधैं समाजका सारथि भएकाले अहिले विश्वमा देखिएको संकटले रोटरीलाई थप जिम्मेवार बनाएको स्पष्ट पारे ।
निवर्तमान डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले रोटरी क्लवले गरेको सामाजिक कामको प्रशंसा गर्दै सामाजिक सेवामा लाग्न सबैलाई आग्रह समेत गरे ।
डिष्ट्रिक्ट गभर्नर नोमिनी राजेन्द्र प्रसाद ध्वजु, क्लवका संस्थापक अध्यक्ष रविराज बराल लगायतले कार्यक्रममा बोलेका थिए ।
क्लवका अध्यक्ष सुवर्णप्रसाद कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका प्रेसिडेन्ट इलेक्ट गीता सिग्देल, प्रेसिडेन्ट नोमिनी रामविक्रम अधिकारी, भाइस प्रेसिडेन्ट दीपेन्द्र शर्मा, सचिव अमृतप्रसाद बास्तोलाले पनि बोलेका थिए ।
कार्यक्रममा क्लवको प्रोजेक्ट पार्टनर बाबा फाउण्डेशन नेपाललाई सम्मान गरिएको थियो । फाउण्डेशनका सचिव टंकराज अधिकारीलाई सम्मानपत्र हस्तान्तरण गरिएको हो ।
प्रकाशित मिति २०७८ साउन २ गते शनिवार ०२:१८