काठमाडौं । एकजना व्यक्तिलाई आफ्नै घरको ट्वाइलेटमा दिसा गरिरहेको बेला एकाबिहानै छिमेकीको अजिंगरले यौ’नांगमै आ’क्रमण गरेको छ । यो घ’टना युरोपेली मुलुक अष्ट्रियाको ग्राज सहरमा भएको हो । सोमबार भएको उक्त घ’टनामा ती ६५ वर्षीय व्यक्तिलाई छिमेकीले पालेको १.६ मिटर लामो अजिंगरले आ’क्रमण गरेको हो ।
सोमबार बिहान उनी उठेर आफ्नै घरको ट्वाइलेटमा दिसा गर्न बसेका मात्र के थिए यौनांगमा एक्कासी दु’खाइ महसुस भयो । जब उनले मुन्टो निहुराएर ट्वाइलेटको कमोडमा हेरे उनको सातोपुत्लो गयो । त्यहाँ त एउटा अजंगको अ’जिंगर थियो ।
ती वृद्धका छिमेकी एक २४ वर्षीय युवकले आफ्नो अपार्टमेन्टमा पालेको अजिंगर थियो त्यो । आफ्नो घरबाट भागेर त्यो अजिंगर छिमेकी वृद्धकोमा आएर ट्वाइलेटको कमोडभित्र छिरेको रहेछ । स्टाइरिया प्रान्तस्थित प्रहरीले चाहिं ढलमार्ग हुँदै उक्त अजिंगर आफ्नो घरबाट भागेको र छिमेकीको ट्वाइलेटसम्म आइपुगेको अनुमान गरेको छ ।
आफ्नो यौ’नांगमा अजिंगरले हि’र्काएपछि ती वृद्धले तत्कालै पुलिसलाई खबर गरेका थिए । पुलिससँगै उद्धारकर्मीहरु पनि त्यहाँ पुगे । अजिंगरलाई तत्कालै कमोडबाट निकालेर सफा गरियो र अजिंगरधनी युवकको जिम्मा लगाइयो ।
अ’नुसन्धानको क्रममा ती युवकले सो अजिंगर लगायत ११ वटा विषालु नहुने सर्पहरु तथा एउटा छेपारो समेत आफ्नो अपार्टमेनटमा पालेको पाइएको छ । उनीमाथि ला’परवाही गरेर अरुको शरीरमा हा’नी पुर्याएको अ’भियोगमा अ’नुसन्धान भैरहेको छ । ट्वाइलेटमा अजिंगरको आ’क्रमणमा परेका ६५ वर्षीय वृद्धको यौ’नांगमा चाहिं हल्का घा’उ मात्र बनेको छ ।
–एजेन्सी
प्रकाशित मिति २०७८ असार २६ गते शनिवार ०४:२६