यस्तो शहर, जहाँ शपिङदेखि रेष्टुरेन्टसम्म ना’ङ्गै जान्छन् मानिसहरु

यस्तो शहर, जहाँ शपिङदेखि रेष्टुरेन्टसम्म ना’ङ्गै जान्छन् मानिसहरु

सञ्चार बाणी

@SancharBani

२०७८ असार २६ गते शनिवार ०४:१३

संसारमा विभिन्न देश तथा शहरहरुका आ-आफ्नै संस्कृति तथा विशेषता छन् । कतिपय ठाउँका चलनहरु त यस्ता हुन्छन् जो अरुभन्दा नितान्त फरक मात्र होइन निकै अनौठा र अपाच्य पनि लाग्दछन् । संसारमा एउटा यस्तै शहर छ जहाँ मानिसहरु नि;र्वस्त्र घुम्न...

संसारमा विभिन्न देश तथा शहरहरुका आ-आफ्नै संस्कृति तथा विशेषता छन् । कतिपय ठाउँका चलनहरु त यस्ता हुन्छन् जो अरुभन्दा नितान्त फरक मात्र होइन निकै अनौठा र अपाच्य पनि लाग्दछन् ।

संसारमा एउटा यस्तै शहर छ जहाँ मानिसहरु नि;र्वस्त्र घुम्न सक्दछन् । त्यहाँका मानिसहरु शपिङ मलदेखि रेष्टुरेन्ट र जिमखानासम्मै कपडा नलगाइकन जान्छन् । त्यहाँका बासिन्दा मात्र होइन त्यहाँ आउने पर्यटकहरु पनि नि;र्वस्त्र जीवनको मज्जा उठाउँछन् ।

अनौठो लाइफस्टाइलका कारण सदैव चर्चा तथा वि;वादमा आइरहने शहरको नाम हो केप डी एज । फ्रान्सको यो शहर न;ग्न शहर अर्थात् न्युड सिटीको नामले पनि चिनिन्छ । यो संसारको एकमात्र यस्तो शहर हो जहाँ मानिसहरु न;ग्न पर्यटनका लागि आउँछन् । त्यहाँ आउने पर्यटकहरुले पनि नग्नताको हकमा कुनै पनि पावन्दीको सामना गर्नु पर्दैन ।

हरेक वर्ष गर्मीयाममा उक्त शहर विदेशीहरुले भरिभराउ हुन्छ । गर्मीमा समुद्री तटको मज्जा उठाउनका लागि त्यहाँ ५० हजार विदेशी पर्यटक पुग्छन् ।

केप डी एज सबैभन्दा प्रसिद्ध ह;निमुन गन्तव्य पनि मानिन्छ । नवविवाहित जोडीहरु नि;र्वस्त्र भएर युगल जीवनको आनन्द उठाउनका लागि यो भन्दा उपयुक्त ठाउँ कहाँ होला ? शहर छेउँमा रहेको सुन्दर सामुदि्रक तट नां;गा जोडीहरुले खचाखच हुन्छ ।

यो शहरमा एक्लै वा पाट्नरसँगै नाङ्गै हिँड्न पाउने स्वतन्त्रता भएता पनि सार्वजनिक स्थानमा अन्तर;ङ्ग क्रियाकलाप गर्न भने पाइँदैन । खुल्ला स्थानमा रो;मान्स गर्नेमाथि १५ हजार युरो जरिमाना गर्ने नियम रहेको छ । साथै उक्त शहरमा फोटो खिच्न पनि प्रतिबन्धित छ ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०७८ असार २६ गते शनिवार ०४:१३
प्रतिक्रिया दिनुहोस