सुवास महत:ललितपुर टिकटर स्टार अन्सु वर्मालाई यति बेला सामाजिक सेवाभाबको कार्यमा भ्याईनभ्याई छ, जहाँ मानिसहरु खालि पेटले छट्पटाई रहेका छन त्यस्तो व्यक्तिहरुको खोजि गरेर अन्नदाताको रुपमा काम गरेर भोको पेटमा राहात पुर्याउने कार्य गरिरहेका छन । त्यस्तै दिन,दुखि असाहाय भएको ठाउँमा पुगेर सहयोग गर्ने क्रममा असार १९ गते पनि महेन्द्रनगरमा रहेको एक वृद्धा अाश्रममा गएर वृद्दहरुको मुहारमा खुसि ल्याउन सफल भएका छन ।।
पछिल्लो समय सामाजिक सञ्जाल तथा टिकटकमा निकै नै लोकप्रियता कमाउन सफल नेपाली टिकटक स्टार अन्सु वर्मा राहात वितरण कार्यमा खटिरहेका छन। घन्टौ समय सम्म टिकटक लाईभ बसेर करोडौं टिकटकरहरुलाई लाईक,कमेन्ट् ,फलोवर्स बढाउने का साथै मनोरञ्जन प्रदान गरिरहेका वर्माले आफुमा भएको कलाले सबैलाई आकर्षित गर्न सफल भएका हुन् ।

कहिले कोरोना को कहर त कहिले बाढि पहिरो करिब आधा नेपाली जनताले गाँस वासको चरम कष्टकर जीवन बिताउन विवश भईरहेको कुरा लाई मध्यनजर गर्दै अन्सुले पनि आफुले मन ती दुखेका घाउहरुमा थोरै मात्रामा भए पनि मलम पट्टि लगाउने अठोट गरि वर्मा यति बेला राहात वितरण कार्यमा तल्लिन भएको कुरा बताए। सुदुरपश्चिम महेन्द्रनगर गड्डाचौकिमा रहेर हजारैको मन मुटुमा बस्न सफल अन्सु हेर्दा जति हसिलो सुन्दर देखिन्छन,,
मन पनि यतिकै ठुलो भएको कुरा उनले गरेका महान कार्य हरुले एैना जस्तै छर्लङ्ग पारेको छन। आगामि दिनहरुमा समाजसेवालाई निरन्तरता दिने कुरा पनि उनले व्यक्त गरेका छन।

टिकटक नब कलाकारहरुका लागि राम्रो प्लाट फम बनेको र धेरैले राम्रो अाम्दानिको श्रोत बनाउन सफल भएको पाईन्छ।सफल टिकट्क युजर मध्ये हाल नेपाल मा सबैभन्दा बढि१ (एक) करोड माथि कमाईसकेको समेत उनलेे जानकारी दिएका छन्। वर्मा दैनिक ५-७ हजार भन्दा बढि अाम्दानि गर्छन्।लाईभ बस्ने पनि अादत नै परेको कुरा समेत व्यक्त गर्छन्
उनलेे टिकटकबाट गरेको अाम्दानि लाई दिन दुखि हरुको सेवा मा खर्चको देखिन्छ ।
सबैलाई सम्मान गर्ने अन्सुले म सफल हुनुमा सम्पूर्ण टिकटक युजरहरुको हात रहेको छ त्यसको लागि भित्री मन देखि सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामि दिनमा पनि यस्तै मायाको भोगि रहने छु भन्ने कुरा बताए देशमा भएको विषम परिस्थितिमा सबैले सबैलाई सहयोगी भावना बाट अगाडि बढि अाफु पनि बांचौ र अरुलाई पनि बचाऊ अभियानमा लाग्न समेत अपिल गर्दछन ।

सेवा नै धर्म हो भन्ने कुरालाइ आत्मसाथ गर्दै मैले दिन दुखिको सेवा गर्न पाए भने मेरो लागि स्वर्ग नै यहि हो भन्ने कुरालाई जोड दिए ।।
प्रकाशित मिति २०७८ असार २० गते आईतबार १२:४६