बलिउडका यी अभिनेत्री, जसले विवाहमा लगाएका थिए यतिधेरै महंगा गहना

बलिउडका यी अभिनेत्री, जसले विवाहमा लगाएका थिए यतिधेरै महंगा गहना

सञ्चार बाणी

@SancharBani

२०७८ असार २ गते बुधबार ०८:४६

बलिउडमा केही यस्ता नायिकाहरु छन्, जसलाई निकै महंगा गहना लगाउन मनपर्छ । त्यसैले उनीहरुको गहनाको पनि चर्चा भैरहेको हुन्छ । बलिउडका निकै चर्चित नायिकाहरु दिपिका पादुकोण र प्रियंका चोपडाले आफ्नो विवाह निकै धुमधामसँग गरे । उनीहरुले...

बलिउडमा केही यस्ता नायिकाहरु छन्, जसलाई निकै महंगा गहना लगाउन मनपर्छ । त्यसैले उनीहरुको गहनाको पनि चर्चा भैरहेको हुन्छ । बलिउडका निकै चर्चित नायिकाहरु दिपिका पादुकोण र प्रियंका चोपडाले आफ्नो विवाह निकै धुमधामसँग गरे । उनीहरुले आफ्नो विवाहमा निकै महंगो गहना पनि लगाए । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले विवाहको समयमा २० लाख भारुको मंगलसुत्र लगाएकी थिइन् ।

महङ्गा गहना लगाउनमा प्रियंका पनि अगाडि छिन् । मिडिया रिपोर्टका अुनसार उनले आफ्नो ब्याचलर पार्टीमा १० करोड भारुको गहना लगाएकी थिइन् ।

त्यसैगरी, उनले विवाहको समयमा हरेक रितीरिवाजमा फरक फरक गहना लगाएकी थिइन् । जुन निकै महङ्गा थिए । सोनम कपूरको पनि इन्गेजमेन्टको औंठीको मूल्य ९० लाख भारु रहेको थियो ।

प्रकाशित मिति २०७८ असार २ गते बुधबार ०८:४६
प्रतिक्रिया दिनुहोस