अभिनेत्री उर्वशी रौटेलाले बनाइन् दुनियाँलाई चकित

अभिनेत्री उर्वशी रौटेलाले बनाइन् दुनियाँलाई चकित

सञ्चार बाणी

@SancharBani

२०७८ असार २ गते बुधबार ०२:१०

काठमाडौं । बलिउडमा उर्वशी रौटेला एक परिचित नाम हो । भारतको पहाडी राज्य उत्तराखन्डमा जन्मिएकी उनको सुन्दरतामा नझुम्ने कमै होलान् । उनी आफ्नो सुन्दरता थप बढाउन विभिन्न प्रयास गरिरहेकी हुन्छिन् । हालसालै उनले इन्स्टाग्राममा...

काठमाडौं । बलिउडमा उर्वशी रौटेला एक परिचित नाम हो । भारतको पहाडी राज्य उत्तराखन्डमा जन्मिएकी उनको सुन्दरतामा नझुम्ने कमै होलान् । उनी आफ्नो सुन्दरता थप बढाउन विभिन्न प्रयास गरिरहेकी हुन्छिन् ।

हालसालै उनले इन्स्टाग्राममा एउटा तस्विर पोष्ट गरिन्, जसमा उनी आफ्नो शरीरमा माटो लगाईरहेकी छिन् । दावा अनुसार उर्वशी माटोको स्ना’न लिइरहेकी छिन् । उनले माटोले नुहाउँदा हुने फाइदाहरु पनि गणाएकी छिन् । उनका फ्यानहरूले यस पोष्टमा रमाइला टिप्पणीहरू पनि गरिरहेका छन् ।

उर्वशीले तस्विरसँगै लेखिन्, ‘मेरो मनपर्ने माटोले नुहाउने स्पा–माटोको थेरापी ।’ थप्दै भनेकी छिन्, ‘क्लियोपेट्रा एक वृद्ध थिइन्, जसलाई माटोले नुहाउन मन पर्थ्यो । म उनको आधुनिक प्रशंसकहरुमध्य एक हुँ । बलेरिक बीचको रातो माटोमा रमाईलो गर्दैछु ।

भनिन्छ कि, प्रेमको रोमन देवीले यसलाई ऐनाको रूपमा प्रयोग गर्थिन् । यो एक खनिज–धनी माटो हो जुन उपचारात्मक र छालाको लागि राम्रो हुन्छ ।’ उर्वशीले माटोले नुहाउनुका फाइदाहरू पनि उल्लेख गरेकी छिन् । यसले हाम्रो शरीरलाई डिटोक्सिफाई गर्छ ।

अशुद्धता हटाउँदछ्, छाला नरम पार्छ, रक्तसञ्चार बढाउँछन् र पी’डा कम गर्दछ् ।’ उर्वशीका फ्यानहरूले रोचक रोचक प्रतिकृयाहरु दिएका छन् । एक फ्यानले केटाहरू वर्षाको पर्खाइमा भएको भन्दै कमेन्ट गरेका छन् । उनले आफ्नो सुन्दरताको साथ फिटनेसको पनि धेरै ख्याल राख्छिन् ।

प्रकाशित मिति २०७८ असार २ गते बुधबार ०२:१०
प्रतिक्रिया दिनुहोस