काठमाडौँ । भारतका चर्चित अभिनेता सन्नी देवललाई कोरोना संक्रमण पुष्टि भएको छ । ६४ वर्षीय सन्नीलाई सामान्य लक्षण देखिएर परिक्षण गर्दा संक्रमणको पुष्टि भएको बताइएको छ ।
सन्नी परिवारसँग विदा मनाउन कुल्लु जिल्लाको मनालीस्थित आफ्नो फार्महाउसमा गएको समयमा उनलाई संक्रमण भएको हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार हिमाञ्चलका स्वास्थ्य सचिव अमिताभ अवस्थीले सन्नीलाई कोरोनाको संक्रमण भएको पुष्टि गरेका छन् ।
छुट्टी मनाउन गएको उनको परिवार भने मुम्बई फर्किसकेको भएता पनि सन्नी भने अहिले फार्म हाउसमा नै बसेर चिकित्सकको निगरानीमा आराम गरिरहेको बताइएको छ । यसअघि बलिउडका चर्चित कलाकारहरु अमिताभ वच्चन, अभिषेक वच्चन, ऐश्वर्या राय, अर्जुन कपुर, मलाइका अरोरा लगायतका चर्चित कलाकारमा संक्रमण पुष्टि भएर उनीहरुले जितिसकेका छन् ।
भारती सिंहलाई ‘द कपिल शर्मा शो’ बाट हटाइयो
एजेन्सी – बलिउड चर्चित कमेडियन भारती सिंहलाई हटाइने भएको छ । पछिल्ला दिनमा उनी विबादमा तानिएर बद्नाम भएकै कारण भारतीलाई ‘द कपिल शर्मा शो’ बाट हटाउन लागिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनी ‘द कपिल शर्मा शो’ कार्यक्रमकी महत्वपूर्ण हिस्सा मानिएपनि उनका कारण शो नै बद्नाम हुने डरले उनलाई शोबाट बिदा दिने तयारी गरिएको छ ।
कपिल शर्मा शो फ्यामली शोका रुपका प्रस्तुत गरिने भएकाले भारतीलाई शोमा राख्नु उचित नभएको भन्दै कार्यक्रमबाट हटाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारती र उनका पति ड्रग्स प्रकरणमा पक्राउ परेर उनीहरुलाई हिरासतमा लिएर अहिले पनि अनुसन्धान चलिरहेको छ ।
प्रकाशित मिति २०७७ मङ्सिर १७ गते बुधबार ०८:५७