विश्वका धनाद्य बिल गेट्स आफ्नो पोर्श कारमा सुटुक्क प्रेमिका भेट्न गएको थाहा पाएपछि…

विश्वका धनाद्य बिल गेट्स आफ्नो पोर्श कारमा सुटुक्क प्रेमिका भेट्न गएको थाहा पाएपछि…

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २७ गते बिहिबार ०६:११

बिल गेट्स समय समयमा महिलाहरुसंग भेट्न आफ्नो सुनौलो रंगको पोर्श कारमा बसेर वेपत्ता हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । भ्यानिटी फेयरका अनुसार बिल गेट्सकी पुर्व पत्नी मेलिन्डाको सर्कलले नै खटाइएको एकजना निजी गुप्तचरको अनुसन्धानले...

बिल गेट्स समय समयमा महिलाहरुसंग भेट्न आफ्नो सुनौलो रंगको पोर्श कारमा बसेर वेपत्ता हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । भ्यानिटी फेयरका अनुसार बिल गेट्सकी पुर्व पत्नी मेलिन्डाको सर्कलले नै खटाइएको एकजना निजी गुप्तचरको अनुसन्धानले यो रहस्य पत्ता लगाएको हो ।

बिल र मेलिन्डा गेट्सबिच गत ४ मेमा वैवाहिक सम्बन्ध बिच्छेद भएको हो । माइक्रोसफ्टकै एक पुर्व कर्मचारीले विल सुनौलो पोर्श कारमा बसेर बाहिर जाने गरेको दावी गरेका छन् । उनी अफिसमा आफ्नो मर्सिडिजमा पुग्ने क्रममा उनका एक विश्वासिलो सहयोगीले पोर्श चलाएर त्यहाँ ल्याउने गरेको पनि बुझिएको छ ।

भ्यानिटी फेयर पत्रिकाले मेलिन्डा फ्रेन्च गेट्सले एकजना निजी गुप्तचर भाडामा लिएका दावी गरेको छ । तर मेलिन्डाले भने आफुले आफ्नो पुर्व पतिमाथि जासुसी गराउन कसैसंग सम्झौता नगरेको बताएकी छन् ।आफ्नो कम्पनी माइक्रोसफटका कर्मचारीहरुले प्रशंसा गरिने गरेका ६५ वर्षिय बिलले मेलिन्डासंगको २७ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका हुन् । अर्वपति गेट्स दम्पतीबाट दुई छोरी छन् ।

भ्यानिटीले बिलले आफ्ना आधिकारिक दैनिक भेटघाटमा उल्लेख नगरिएका व्यक्तिहरु अर्थात महिलाहरुसंग भेट्ननै पोर्श कार प्रयोग गर्ने गरेको दावी गरेको छ । बिल गेट्स कार संकलनमा निकै शौखिन देखिन्छन् । उनीसंग थुप्रै पोर्श कार छन् । हालसालै मात्रै उनले एउटा बिद्युतिय पोर्श टाइक्यान कार खरिद गरेका छन् । यसअघिनै उनीसंग १९७९ पोर्श ९११ र पोर्श ९५९ स्पोर्ट्स कारहरु रहेका थिए ।

प्रकाशित मिति २०७८ जेठ २७ गते बिहिबार ०६:११
प्रतिक्रिया दिनुहोस