काठमाडौं – कोरोनाभाइरसका कारण अहिले बलिउडका फिल्मी कामहरु बन्द भएका छन् । फिल्मी कामहरु नहुँदा धेरै कलाकार अहिले घरमै बसिरहेका छन् । सामाजिक दुरी कायम गरी केही फिल्मका सुटिङ हुन थाले पनि फिल्ममा खासै उपलब्धि भने अहिले देखिएको छैन ।
फिल्ममा काम गर्दा कलाकारहरुको एक अर्कासँग चिनजान भएको हुन्छ । कुनै कलाकारहरु त अभिनयको क्रममा एकअर्कासँग प्रेममा पनि पर्ने गर्छन् । यस्तै बलिउडका यस्ता अभिनेता तथा अभिनेत्री पनि छन्, जुन फिल्ममा काम गर्दा गर्दै प्रेमसम्बन्धमा परेर विवाह समेत गरे ।
अजय देवगन र काजोल – बलिउडमा अहिले अभिनेता अजय देवगन र अभिनेत्री काजोलको जोडीलाई पनि निकै रुचाइने गरिन्छ । फिल्ममा काम गर्दागर्दै प्रेममा परेर विवाह गरेका यीहरुको अहिले सम्म कुनै मनमुटाभ पनि भएको छैन । उनीहरु पहिलोपटक फिल्म हलचल मा भेट भएका थिए ।
अमिताभ बच्चन र जया भादुडी – बलिउडका महानायक अमिताभ बच्चन र जया भादुडीको जोडीलाई धेरैले सफल जोडीको रुपमा चिन्ने गर्छन् । अमिताभ र जयाले पनि फिल्ममा काम गर्दा गर्दै प्रेमसम्बन्धमा रही विवाह गरेका थिए । उनीहरुल प्रेम कथा ऋषकेश मुखर्जीको फिल्म गुड्डीबाट शुरु भएको थियो ।
ऋषि कपुर र नीतु कपुर – अभिनेता ऋषि कपुर र नीतु कपुर पनि केही समयको संगतपछि प्रेमसम्बन्धमा रही विवाह गरेका थिए ।
अक्षय कुमार ट्विकल खन्ना – अभिनेता अक्षय कुमार र ट्विकल खन्नाको जोडीलाई पनि दर्शकले निकै रुचाउने गर्छन् । उनीहरुले पनि फिल्म इन्टरनेशनल खेलाडी र जुल्मीमासँगै काम गरेका थिए।
धमेन्द्र र हेमा मालीनी – अभिनेत्री हेमा मालीनी र अभिनेता धर्मेन्द्रले पनि फिल्म तुम हसिनमै जवानमासँगै अभिनय गरेका थिए । उनीहरु यसै फिल्ममा काम गर्ने क्रममा नजिकिएका थिए । धर्मेन्द्रले फिल्म शोलेमा अभिनय गरेर सकिएपछि विवाह गरेका थिए ।
सैफ अली खान र करीना कपुर – अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपुर पनि फिल्ममा काम गर्दा गर्दै प्रेममा परेका थिए । उनीहरुले शुरुमा सैफीना युतो र एलओसी कारगीलमासँगै काम गरेपनि फिल्म टशनबाट नजिक भएका थिए ।
अभिषेक बच्चन र ऐश्वर्या राय – अभिषेक बच्चन र ऐश्वर्या राय पनि पहिलो फिल्म बन्टी और बबली बाट नजिक भएको बताइन्छ । उनीहरु फिल्म गुरुको प्रमोशन सकिएपछि अझै नजिक भएको बताइएको छ ।
अमिर खान र किरण राव – अमिर खान फिल्म लगान ओस्कर अवार्डको लागि नोमिनेशनमा परेको थियो। तर ओस्कर अवार्ड भने पाउन सकेन। यसैक्रममाउनले जीवनसाथी किरण रावलाई पाएका थिए ।
प्रकाशित मिति २०७८ जेठ २६ गते बुधबार ०७:५५