टिकटकमा ‘फा’यर च्यालेन्ज’ गर्न खोज्दा जलिन् बालिका

टिकटकमा ‘फा’यर च्यालेन्ज’ गर्न खोज्दा जलिन् बालिका

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २४ गते सोमबार ०७:२६

अमेरिकाको ओरेगनस्थित एक १३ वर्षीया बालिका टिकटकमा फा'यर च्यालेन्ज भिडियो बनाउन खोज्दा जलेकी छिन् । डेस्टिनी क्रेन नामकी यी बालिकालाई अहिले आईसियुमा लगिएको छ । उनको घाँटी र पाखुरा नराम्रोसँग जलेको छ । आमा किम्बर्ली क्रेनका अनुसार...

अमेरिकाको ओरेगनस्थित एक १३ वर्षीया बालिका टिकटकमा फा’यर च्यालेन्ज भिडियो बनाउन खोज्दा जलेकी छिन् । डेस्टिनी क्रेन नामकी यी बालिकालाई अहिले आईसियुमा लगिएको छ । उनको घाँटी र पाखुरा नराम्रोसँग जलेको छ ।

आमा किम्बर्ली क्रेनका अनुसार पोर्टल्यान्डस्थित घरमा डेस्टिनी बाथरुममा टिकटक भिडियो खिच्दै थिइन् । त्यहीक्रममा आ’गलागीमा परिन् ।डेस्टिनीकी दिदी आन्द्रियाका अनुसार यो घ’टना १४ मेईको हो र डेस्टिनीकी साथी पनि घटनास्थलमा थिइन् । ‘उनकी साथी चिच्चाइरहेकी थिइन् । उनी टिकटक बनाउँदै थिइन् ।’

आन्द्रियाको बुझाईमा उनकी बहिनीले एउटा त्यस्तो भिडियोको नक्कल गर्दै थिइन् । जहाँ, बाथरुमको ऐनामा एक मानिसले हेयरस्प्रे छर्छन् र त्यसपछि स्पे्र गरिएको ठाउँमा मैनबत्तीको सहायताल आगो लगाउँछन् । अनि बत्ती निभाउँछन् । अध्येंरोमा वर्गाकार आकारमा फैलिएको आगोको रंग निलो देखिन्छ । ‘बाथरुममा बिर्को लगाइएको अल्कोहलको बोतल, तथा लाइटर र भाँ’चिएको मैन भेटिएको छ,’ आद्रियाले भनिन्, ‘त्यसलाई देखेर हामी यस्तो निष्कर्षमा पुग्यौं ।’

पोटल्यान्ड फायर एन्ड रेस्क्युको टोलीले तत्कालै यी बालिकालाई उद्धार गरेको थियो । अनुसन्धान जारी रहेको टोलीले जनाएको छ । फायर फाइटर रब ग्यारीसनका अनुसार यस्ता च्यालेन्जे धेरैको जीवन जो’खिममा पारेको छ । आगो लागेको सेकेन्डभरमै छाला जल्ने भएकाले आगोसँग नखेल्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति २०७८ जेठ २४ गते सोमबार ०७:२६
प्रतिक्रिया दिनुहोस