इन्स्टाग्राममा अभिनेतालाई पछि पार्ने यी अभिनेत्री

इन्स्टाग्राममा अभिनेतालाई पछि पार्ने यी अभिनेत्री

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २३ गते आईतबार ०४:३४

एक समय थियो, फिल्म दुनियाँमा अभिनेताहरुको धेरै बोलवाला चल्थ्यो । बलिउडमा तीन खान मात्र चर्चित मानिन्थे । तर अहिले अवस्था फेरिएको छ । बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले तीन खानलाई पछाडि पारेका छन् । बलिउडमा चार अभिनेत्रीको सामाजिक...

एक समय थियो, फिल्म दुनियाँमा अभिनेताहरुको धेरै बोलवाला चल्थ्यो । बलिउडमा तीन खान मात्र चर्चित मानिन्थे । तर अहिले अवस्था फेरिएको छ । बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले तीन खानलाई पछाडि पारेका छन् । बलिउडमा चार अभिनेत्रीको सामाजिक सञ्जाल फलोअरकाे संख्या अभिनेताको भन्दा धेरै अगाडि छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाको अभिनय यात्रा हलिउडसम्म पुगिसकेको छ । उनले सन् २००३ मा फिल्म ‘द हिरो’बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।

इन्स्टाग्राममा प्रियंकाको फलोअर ६० दशमलब ९ मिलियन छ, यो संख्या अन्य भारतीय सेलिब्रेटीको भन्दा अधिक हो । उनीभन्दा अगाडि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको फलोअर संख्या १०० मिलियन छ ।

अर्की अभिनेत्री श्रद्धा कपुर सामाजिक सञ्जालमा सक्रिय अभिनेत्रीमा पर्छिन् । उनको इन्स्टाग्राममा फलोअरको संख्या ५८ दशमलब ३ मिलियन छन् । केही समय अघि मात्र श्रद्धा यो सूचीमा प्रियंका चोपडा, दीपिका पादुकोण र आलिया भट्ट भन्दा पछाडि थिइन् । अहिले उनी दीपिका र आलियालाई पछि पार्दै दोस्रो नम्बरमा उक्लिएकी छन् ।

अभिनेत्री दीपिका पादुकोणको इस्टाग्राममा ५२ दशमलब ४ मिलियन फलोअर छन् । उनको फिल्मी पारिश्रमिक पनि कुनै अभिनेताको भन्दा कम छैन । अभिनेत्री आलिया भट्टको इन्स्टाग्राममा ५१ दशमलब १ मिलियन फलोअर छन् । सामाजिक सञ्जालमा सक्रिय आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट अभिनयमा डेब्यू गरेकी थिइन् ।

प्रकाशित मिति २०७८ जेठ २३ गते आईतबार ०४:३४
प्रतिक्रिया दिनुहोस