अहिले प्राय हरेक दिन अनौठो घटना सुन्नमा आइ रहेको छ । म तिमीलाई मोडल बनाइ दिन्छु भन्दै धेरै जना मान्छेहरू ठगीमा परेको देखिन अनि सुनिन्छ । नेपालमा मात्रै दिनको ५०/६० वटा भिडियो सुटिङ्ग हुन्छ तर कमै मात्र उत्कृष्ट देख्न सकिन्छ । लगानीकर्ताको छोरा छोरी र नातगोताले बिग्रेको भनाइ छ । अझ यति मात्र कहाँ हो र धेरै मोडलहरू आफूले नै पैसा तिरी तिरी म्युजिक भिडियो खेल्छ्न् अनि त्यही एउटा भिडियो देखाएर लोभमा पारेर म्युजिक भिडियो खेलाउँछु भन्दै केटीहरू लाई फकाइ लोभ देखाउँदै भेट्न बोलाउने र भेट्न गए भिडियोकोलागि तयारी गर्नु भन्ने भन्ने र भेटेर मौकाको फाइदा लुट्न खोजेको अनेकौं घटना पनि देखिन्छ ।
भेटमा कुराकानी गरौं भनेर एकान्तको क्याफेमा लागेर यौनको कुरा गर्ने मानेन भने अहिले भिडियो बन्दैन पछि कुरा गरौंला भन्ने गरेको देखिन्छ । अहिले आफू बच्न अनि असल मोडेल बन्न मोडल बन्न चाहनेले आफ्नो ख्याल आफै गर्नुपर्ने देखिन्छ । सबै मान्छे सही हुँदैन मान्छेभित्र कोही पस्न सकिन्न । आफूमा अभिनय गर्ने क्षमता छ भने पैसा तिरेर हैन पैसा दिने मान्छेको खोजी गर्नु राम्रो देखिन्छ ।
मोडेल हुन्नु कुनै गलतकाम होइन तर म को सँग के का लागि कुराकानी गर्दै छु थाहा भने हुनुपर्छ । मोडेल काम गरेर नै लाखौं कमाउनेहरू पनि यहाँ धेरै छन् तर नयाँ जाँगर लिएर आउनेहरू अनावश्यक अन्जानमा यौन शोषण को चपेटामा परेको पनि देखिन्छ त कोही केटाहरू आफैले लगानी गरेर मोडल बन्नेहरू पनि धेरै देख्न सकिन्छ ।
यसरी आफै लगानी गरेर मोडेल बन्दैमा चर्चामा आउन धेरै मुस्किल छ । चर्चामा आउन राम्रो गीत हुनु पर्यो अनि राम्रो संगीत र उत्कृष्ट छाँयाकन हुनु जरुरी छ ।
भिडियोमा लगानी गरेर पैसा फिर्ता भन्नू आकाशको फल आँखा तरी मर भने जस्तो हो । भिडियो भाइरल होला र पैसा फिर्ता होला भन्ने सपना नै हो अहिलेको जवानामा कतै पैसा फिर्ता भए पनि इज्जत फिर्ता नहुने देखिन्छ । मोडेल बन्ने हो भने राम्रो सँग पढेर, यो कुरा आफ्नो बुवाआमा दिदीदाईले सम्झीने हो ।
आज भोली त नेपालमा नै फिल्म एकेडेमीहरू छन् । जस्तै नेपाल चलचित्र , इभरेस्ट चलचित्र एकेडेमी जहाँ मोडल भने पाठ्यक्रम नै रहेको हुन्छ ।
प्रकाशित मिति २०७७ मङ्सिर १३ गते शनिवार ०३:५२