रावणको किन भएन अन्तिम संस्कार ?

रावणको किन भएन अन्तिम संस्कार ?

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर १२ गते शुक्रबार ०४:०८

काठमाडौँ- धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार भगवान् श्रीरामको हातबाट रावणको मृत्यु भएको थियो । सीतालाई हरण गरेपछिको भीषण युद्धमा रावणको मृत्यु त भयो, साथै लंकाको शासन पनि विभीषणलाई दिइयो । रावणको वधपछि आखिर उसको शवलाई के गरियो...

काठमाडौँ- धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार भगवान् श्रीरामको हातबाट रावणको मृत्यु भएको थियो ।

सीतालाई हरण गरेपछिको भीषण युद्धमा रावणको मृत्यु त भयो, साथै लंकाको शासन पनि विभीषणलाई दिइयो ।

रावणको वधपछि आखिर उसको शवलाई के गरियो त ? आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ ।

यो कुराको जवाफ श्रीलंका सरकार र केही मानिसले भनेका छन् कि, रावणको शव आज पनि धर्तीमा स्थित छ ।

भनिन्छ, रावणको शवलाई ‘ममी’ बनाएर सुरक्षित राखिएको छ । जसरी मिश्रमा पिरामीडमा प्राचिन कालका राजाहरुको शव राख्ने गरिन्थ्यो त्यसैनै रावणको शव पनि राखिएको छ ।

रावणको मृत्यु पश्चात् उसलाई जीवित बनाउन सैनिकहरुले धेरै कोशिस गरे पनि सफलता नपाएको बताइन्छ ।

रावणको किन भएन अन्तिम संस्कार ?

भनिन्छ, रावणका सेना आफ्ना प्रिय राजाको शव जलाउन चाहँदैन थिए । किनभने उनीहरुलाई एकदिन रावण जीवित हुने आश थियो ।

त्यसै कारणले सुरक्षित राख्नको लागि विभिन्न रसायनको प्रयोग गरेरर रावणलाई राखिएको थियो ।

रावणको शव कहाँ छ ?

रागलाको जंगलमा रावणको शव भएको मान्ने गरिन्छ । उक्त ठाउँ घना जंगल रहेको छ । त्यहाँ विभिन्न हिंस्रक जंगली जनावर बस्दछन् ।

केही मानिसहरुले भने रावण भएको ठाउँमा उसका खजानाहरु रहेको पनि बताउने गर्दछन् ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०७७ मङ्सिर १२ गते शुक्रबार ०४:०८
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७