राति सुत्नुअघि जप्नै पर्ने मन्त्र !

राति सुत्नुअघि जप्नै पर्ने मन्त्र !

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १४ गते शुक्रबार ०१:४१

आजभोलिको व्यस्त जीवनशैलीमा मानिसहरुमा अनिन्द्राको पीडा रहेका हुन्छन् ।राम्रो निन्द्राका साथ शुभ फलका लागि धार्मिक रुपमा केही उपायहरु रहेको हुन्छ एक मन्त्रको जप सुत्नुअघि गरियो भने निकै लाभदायी हुने मान्यता रहेको छ । शास्त्रमा...

आजभोलिको व्यस्त जीवनशैलीमा मानिसहरुमा अनिन्द्राको पीडा रहेका हुन्छन् ।राम्रो निन्द्राका साथ शुभ फलका लागि धार्मिक रुपमा केही उपायहरु रहेको हुन्छ एक मन्त्रको जप सुत्नुअघि गरियो भने निकै लाभदायी हुने मान्यता रहेको छ । शास्त्रमा बताइए अनुसार सुत्नु अघि यो मन्त्र उच्चारण गर्नाले नारायण कवचको रुपमा तपाइँको रक्षा गर्नेछ । यो मन्त्रद्वारा भगवान विष्णुको अवतारसँग सुरक्षाको विन्ती हुने छ ।

मन्त्र
जले रक्षतु वाराहः स्थले रक्षतु वामनः ।
अटव्यां नारसिंहश्च सर्वतः पातु केशवः ।।

यो मन्त्रको अर्थ यस्तो छ– हे भगवान विष्णु जलमा वाराह देवता, पृथ्वीमा वामन रुपमा मेरो रक्षा गर्नुहोस् । आकाशमा नरसिंह भगवानले रक्षा गरुन। केशव भगवानले सवै दिशामा मेरो रक्षा गरुन । यदी तपाईले सुत्ने समयमा यो मन्त्र जप गर्नुभयो भने घरबाट नकारात्मक शक्ति हट्ने धार्मिक मान्यता रहेको छ भने यो मन्त्रको जपले निन्द्रा राम्रो लाग्नुका साथै सपना पनि राम्रो देखिने छ ।

सुत्ने समयमा यी चिज सिरानीमुनी राख्नुस्, सुख र शान्ति मिल्छ !
शास्त्रले सुख शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रासँग गहिरो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा परेन भने शरीर आलश्य बन्छ । दिनभर थकानको अनुभव हुन्छ । त्यसैले दिनभरको थकान मेटाउन राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । दिनभरीको सुख शान्तिका लागि सुत्ने समयमा सिरानी मुनी यी चिज राख्नु उत्तम हुने शास्त्रले बताउँछ ।

हनुमान चालिसा
हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, त्रास र अहंकार हट्छ भने सपना समेत राम्रो देखिन्छ ।
जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुँ लोक उजागर॥
रामदूत अतुलित बल धामा।
अंजनिपुत्र पवनसुत नामा ॥

फलामको उपकरण
भुत–प्रेत, ऐठन हुने समस्या छ भने राति सुत्नेबेला सिरानमुनि फलामको कुनै चिज राखेर सुत्नु उपयुक्त मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । बालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ । बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धार भएका वस्तुहरु राख्नु हुँदैन ।

भगवानलाई अर्पण गरिएको फूल
सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ज्यानमा पुनर्ताजगीको आभाष हुने शास्त्रमा बताइएको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

दुर्गा सप्तसती पाठ
दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति २०७८ जेठ १४ गते शुक्रबार ०१:४१
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७