सलमान खान समातिए गर्लफ्रेण्डको बेडमा रंगेहात

सलमान खान समातिए गर्लफ्रेण्डको बेडमा रंगेहात

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ ११ गते मङ्गलबार ११:०७

एजेन्सी । सलमान खान भन्ने बित्तिकै बलिउडमा मात्र नभई कलिउड र हलिउडमा पनि उनको प्रेम र प्रेमिकाको बारेमा चर्चा हुन शुरु हुन्छ । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय बच्चन, कैटरीना कैफ, युलिया वन्तुर जस्ता केही सुन्दरीहरुसँग सलमानको...

एजेन्सी । सलमान खान भन्ने बित्तिकै बलिउडमा मात्र नभई कलिउड र हलिउडमा पनि उनको प्रेम र प्रेमिकाको बारेमा चर्चा हुन शुरु हुन्छ । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय बच्चन, कैटरीना कैफ, युलिया वन्तुर जस्ता केही सुन्दरीहरुसँग सलमानको नाम जोडिएको सबैलाई थाहा नै छ । तर उनको प्रेम सम्बन्ध भने अहिलेसम्म कसैसंग पनि सफल हुन सकेन ।

धेरै सुन्दरीहरुसंग सलमानको प्रेम सम्बन्धको बारेमा चर्चा चलेतापनि विशेष सम्बन्ध भने एश्वर्यासंग नै रह्यो । एश्र्वया र सलमानबीचको सम्बन्धले आजपनि बलिउडमा उत्तिकै सर्गमी रहिरहेको छ । अचम्म त के छ भने सलमानसंग सम्बन्ध भएर पनि बिग्रीएका सबै प्रेमीकाहरुलाई उनले आफ्नो घरको लगभग सबै पार्टी या बैबाहीक समारोहमा निम्तो दिने गर्दछन् । तर एश्र्वयासंग भने उनको आजको दिनसम्ममा बोलचाल नै छैन ।

एक टिभी शो मा उनले एक आश्चर्य लाग्दो अनुभव सुनाएका छन् । उनलाई प्रेमिकाले घरमा भेट्न बोलाएकी थिइन् । त्यो घरमा उनीहरु बाहेक अरु कोही थिएन् । तर अचानक प्रेमीकाको घरमा परिवारका सदस्यहरु आए । सलमान आत्तिएर लुक्ने सुरक्षित स्थान खोज्न थाले । बेडरुमको पछाडि दराज थियो र उनी त्यही दराजको पछाडी लुके ।

दराजमा धुलो थियो र सलमानलाई हाछ्यु आयो । भाँडा हल्लियो र फुट्यो । सलमान रंगेहात समातिए । तर धन्य उनलाई कसैले पनि केही भनेनन् । उनले आफ्नो यो बिचित्रको अनुभवलाई जीवनमा कहिल्यै पनि भूल्न नसक्ने बताएका थिए । सलमानले यति कुरा गरिरहंदा प्रेमिकाको नाम भने बताएनन् ।

प्रकाशित मिति २०७८ जेठ ११ गते मङ्गलबार ११:०७
प्रतिक्रिया दिनुहोस