जेल जान परेपछि मृत्युको नाटक गर्ने यी ब्याक्तिको जब यस्तो पोल खुलेपछि……

जेल जान परेपछि मृत्युको नाटक गर्ने यी ब्याक्तिको जब यस्तो पोल खुलेपछि……

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ १० गते सोमबार ०७:३९

काठमाडौं । अ’पराधीहरु सजायँबाट जोगिनका लागि केकेसम्म जुक्ति लगाउँदैनन् ? अ’पराधीका त्यस्ता उपायहरुको वारेसचाहिँ वकिलहरु बन्दा रहेछन् । हालै अमेरिकामा एउटा यस्तै घटना भएको छ । अमेरिकाको न्युयोर्क राज्यस्थित लङ्ग टापुमा एकजना...

काठमाडौं । अ’पराधीहरु सजायँबाट जोगिनका लागि केकेसम्म जुक्ति लगाउँदैनन् ? अ’पराधीका त्यस्ता उपायहरुको वारेसचाहिँ वकिलहरु बन्दा रहेछन् । हालै अमेरिकामा एउटा यस्तै घटना भएको छ । अमेरिकाको न्युयोर्क राज्यस्थित लङ्ग टापुमा एकजना अभियुक्तले जेल जानबाट जोगिनका लागि म’रेको नाटक गरेका छन् ।

जे’ल स’जायँबाट अ’भियुक्तलाई जोगाउनका लागि उनका वकिलले अदालतमा अ’भियुक्तको मृत्यु भएको प्रमाणपत्रसमेत पेश गरे । तर उक्त मृत्यु प्रमाणपत्रको हिज्जेमा रहेको गम्भीर गल्तीका कारण त्यो प्रमाणपत्र नक्कली भएको र ती व्यक्ति ज्युँदै रहेको खुलासा भयो ।

न्युयोर्कको हंटिङटनका बासिन्दा २५ वर्षीय रोबर्ट बर्जरले चोरीको एक कसुरमा एक वर्षको जेल स’जायँ पाउनेवाला थिए । अदालतले फैसला सुनाउने तयारी गरिरहेको बेला बर्जर एकाएक बेपत्ता भए । त्यसको केही समयपछि उनले श्रीमतीको सहयोगमा आफ्नो नक्कली मृत्युदर्ता प्रमाणपत्र तयार गरी वकिल मार्फत् अदालतमा पेश गरे । अभियुक्त म’रेसँगै उसको मु’द्दा खारेज हुने चलन छ । त्यही बमोजिम आफ्नो मुद्दा पनि अदालतले खारेज गर्ला भन्ने उनको दाउ थियो ।

न्युजर्सी स्वास्थ्य विभागअन्तर्गत व्यक्तिगत घटना दर्ता कार्यालयबाट जारी भएको देखिने बर्जरको मृत्युदर्ता प्रमाणपत्रमा एउटा हिज्जेमा अस्वाभाविक गल्ती देखिएपछि अदालतलाई शं’का लाग्यो । त्यसबारेमा कार्यालयसँग सोधनी गर्दा त्यो प्रमाणपत्र नक्कली भएको पुष्टि भयो । उनी ज्युँदै रहेको पुष्टि भएसँगै प्रहरीले फिलाडेल्फियाबाट पक्राउ गरी उनलाई अदालतमा पेश गर्यो

उनीमाथि अहिले अघिल्लो चोरीको मु’द्दासँगै नक्कली मृत्युदर्ता पेश गरेको र सरकारी निकायमाथि ठ’गीको प्रयास गरेको अभियोग समेत लागेको छ । पछिल्लो मुद्दामा अदालतले उनलाई १ डलर धरौटीमा तारेखमा छाडेपनि अघिल्लो मुद्दाका कारण उनी जेल जानुपर्नेछ । पछिल्लो मु’द्दा समेतमा दोषी ठहर भएमा उनलाई कूल ४ वर्षसम्म जेल स’जायँ हुनसक्ने बताइएको छ । -एजेन्सी

प्रकाशित मिति २०७८ जेठ १० गते सोमबार ०७:३९
प्रतिक्रिया दिनुहोस