भारतमा को’रोनाको प्र’कोप बढ्दै गएका बेला त्यसका प्रभाव सामान्य मानिसदेखि सेलीब्रेटीसम्म पर्न थालेको छ । चर्चित कलाकारहरु अक्षय कमाुर, क्याट्रिना कैफ, अमिताभको परिवार, अजुन कपुर, मलाईका अरोरा, लगायत दर्जनैँ कलाकारहरु सं’क्रमित बन्दा भारतीय कलाकारहरु पनि आ’क्रान्त बनेका छन् ।

यसैबिच बलिउड अभिनेत्री जाह्नवी कपूर पनि अहिले माल्दीभ्स पुगेकी छिन् ।माल्दीभ्स पुगेर जाह्नवी कपूरले आफ्ना केही तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनी आफ्ना साथीहरुसंग माल्दीभ्स पुगे पनि सामाजिक संजालका प्रयोगकर्ताहरुले के प्रेमीलाई भेट्न त गएकी होइनन् भन्ने प्रश्न गरेका छन् । तस्विरमा उनी धेरै सुन्दर र आकर्षक देखिएकी छिन् ।

पछिल्ला केहि दिनमा बलिउडका कलाकारहरु माल्दीभ्स घुम्न पुगेका छन् । तीमध्ये दीया मिर्जा, बिपाशा बसु, करण सिंह ग्रोभर, शिल्पा शेट्टी, सारा अली खान, नेहा धुपिया, श्रद्धा कपूर आदिले मालदीप पुगेर आकर्षक तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् । पछिल्ला दिनमा कलाकार र सेलीब्रेटीहरु फे्र हुनका लागि माल्दिभ्स लगायतका देशमा जाने गरेका छन् ।





याे पनी
रातो अंगुर खानुका फाइदा के-के छन् ? जानिराखौँ

गर्मीको मौसममा रातो अंगुरले धेरैलाई आकर्षित गर्दछ । रातो अंगुर हेर्दा जति आकर्षक देखिन्छ, खाँदा उत्ति नै स्वादिलो पनि हुन्छ । यसको अमिलो तथा गुलियो स्वादकै कारण गर्मीमा सेवन गरिने विभिन्न जुसमा समेत यसको प्रयोग गरिन्छ ।
डाइटिसियनहरूका अनुसार रातो अंगुरमा प्रशस्त मात्रामा भिटामिनका साथै एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसको सेवनले शरीरमा आवश्यक मात्रामा पोषणतत्व प्रदान हुनुका साथै विभिन्न रोग लाग्नबाट समेत जोगाउँछ । रातो अंगुर सेवन गर्नुका अन्य थुप्रै फाइदा छन्, जुन यसप्रकार छ :
आँखाको ज्योति बढाउँछ
रातो अंगुरमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट तत्वका साथै रेस्वेराट्राल तत्व पाइन्छ । यसमा रहेको तत्वले आँखाको टिस्यूलाई अवरोध गर्ने केही एञ्जाइमको विपरीत काम गरेर त्यसलाई बाहिर निकाल्न मद्दत गर्छ ।
भिटामिन ‘के’ ले भरिपूर्ण
रातो अंगुर धेरैको रोजाइमा पर्छ । रातो अंगुर हेर्दा जति आर्कषक देखिन्छ, स्वादमा पनि यो उत्तिकै मिठो तथा गुलियो हुन्छ । रातो अंगुरमा प्रशस्त मात्रामा भिटामिन ‘के’ पाइन्छ । यसको सेवनले हड्डीमा क्याल्सियमको मात्रा समेत बढ्ने गर्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्छ
कसैलाई उच्च रक्तचापको समस्या भएमा रातो अंगुरको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा पाइने पोटासियमले उच्च रक्तचापलाई नियन्त्रणमा राख्छ । किनकि शरीरमा पोटासियमको मात्रा न्यून भएमा उच्च रक्तचापको समस्या निम्तने गर्छ ।
क्यान्सर हुन दिँदैन
रातो अंगुरमा पाइने रेस्वेराट्रोल तत्वकै कारण शरीरलाई क्यान्सर रोग लाग्नबाट बचाउन सकिन्छ । यसबाहेक सूर्यको हानिकारक विकिरण छालामा हुने असरबाट समेत छालालाई बचाउन सकिन्छ ।
एलर्जी भगाउँछ
रातो अंगुरले शरीरमा हुने विभिन्न एलर्जीबाट टाढा राख्छ । यसमा पाइने क्वरसेनटिन तत्वले छाला सुन्निन तथा पोल्नबाट बचाउँछ ।
डण्डीफोरबाट बचाउँछ
छाला सम्बन्धी समस्यामा रातो अंगुर निकै फाइदाजनक मानिन्छ । यसले छालालाई हानि हुनबाट जोगाउँछ । यसमा रहेको रेस्वेराट्रोल तत्वका कारण छालामा डण्डीफोर हुने सम्भावना समेत न्यून हुने गर्छ ।
मिर्गाैलाको लागि फाइदाजनक
अंगुरको सेवनले पाचन तन्त्र स्वस्थ रहनुका साथै मिर्गौलामा विकार हुनबाट जोगाउँछ । त्यसैले पनि अंगुर फल्ने मौसममा यस्ता अंगुर कम्तीमा एक पटक भए पनि सेवन गर्नैपर्छ ।
प्रतिरोधी क्षमता बढाउँछ
रातो अंगुरको सेवन गरी शरीरमा प्राकृतिक तरिकाबाटै रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।
तौल घटाउँछ
रातो अंगुरमा बाहिरी बोक्रामा स्यापोनिन नामक तत्व पर्याप्त मात्रामा पाइन्छ । यसले कोलेस्ट्रोललाई जम्मा गरी रगतमा अवशोषित हुनबाट रोक्छ । यसको सेवनले मोटोपना तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ ।
प्रकाशित मिति २०७८ जेठ ९ गते आईतबार ०६:५८