सलमानकी बहिनीहरू अर्पिता र अलवीरा कोरोना संक्रमित

सलमानकी बहिनीहरू अर्पिता र अलवीरा कोरोना संक्रमित

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २८ गते मङ्गलबार ०६:०२

अभिनेता सलमान खानको दुबै बहिनी अर्पिता खान र अलवीरा अग्नीहोत्री कोरोनाबाट संक्रमित भएका छन् । उनीहरु कोरोना संक्रमित भएको सलमान खान आफैले एक अन्तर्वार्तामा बताएका थिए । सलमानले आफ्नो बहिनीहरूमा कोरोना भएको जानकारी दिदै उनीहरुमा...

अभिनेता सलमान खानको दुबै बहिनी अर्पिता खान र अलवीरा अग्नीहोत्री कोरोनाबाट संक्रमित भएका छन् । उनीहरु कोरोना संक्रमित भएको सलमान खान आफैले एक अन्तर्वार्तामा बताएका थिए । सलमानले आफ्नो बहिनीहरूमा कोरोना भएको जानकारी दिदै उनीहरुमा कुनै लक्षण समेत नभएको बताए ।

‘गत बर्ष कोरोना भएको सुन्न मात्र मिलेको थियो’ सलमानले भने ‘यो बर्ष घरका सदस्य र नजिकका ब्यक्तिलाइ कोरोना भएको छ ।’ सलमानले कोरोनाको दोस्रो लहर निकै खतरनाक भएको समेत सुनाए ।

सलमानकी बहिनी अर्पिताले २०१४मा आयुुष शर्मासँग विवाह गरेकी थिइन् । आयुष पनि फिल्ममा सक्रिय छन् । अलवीरा खानले भने अभिनेता तथा निर्माता अतुल अग्निहोत्रीसँग विवाह गरेकी हुन् ।

प्रकाशित मिति २०७८ बैशाख २८ गते मङ्गलबार ०६:०२
प्रतिक्रिया दिनुहोस