बलिउड अभिनेत्री कंगनालाई कोरोना संक्रमण

बलिउड अभिनेत्री कंगनालाई कोरोना संक्रमण

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २५ गते शनिवार ०६:४०

बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएकी हुन् । उनले केही दिन अगाडि कोरोना परीक्षण गराएकी थिइन् । आज उनमा संक्रमण पुष्टि भएको जानकारी गराएकी...

बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएकी हुन् ।

उनले केही दिन अगाडि कोरोना परीक्षण गराएकी थिइन् । आज उनमा संक्रमण पुष्टि भएको जानकारी गराएकी छन् ।

उनी डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्, “ मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।”

प्रकाशित मिति २०७८ बैशाख २५ गते शनिवार ०६:४०
प्रतिक्रिया दिनुहोस