पोखरामा निषेधज्ञाको चौथौँ दिन थप कडाइ

पोखरामा निषेधज्ञाको चौथौँ दिन थप कडाइ

ऋषि राम दाहाल

@SancharBani

२०७८ बैशाख २४ गते शुक्रबार ११:०५

पोखरा – पोखरामा आज चथौ दिन निषेधज्ञामा थप कडाइ गरेको छ । निषेधज्ञाको अवज्ञा गर्दै घर बाहिर निस्केका सर्वसाधरणहरुलाई प्रहरीले केही बेर होल्ड गरेको छ । उनीहरुलाई कोरोना भाइरस संक्रमण सम्बन्धी जानकारी र यस्को असरको बारेमा सम्झाई...

पोखरा – पोखरामा आज चथौ दिन निषेधज्ञामा थप कडाइ गरेको छ । निषेधज्ञाको अवज्ञा गर्दै घर बाहिर निस्केका सर्वसाधरणहरुलाई प्रहरीले केही बेर होल्ड गरेको छ । उनीहरुलाई कोरोना भाइरस संक्रमण सम्बन्धी जानकारी र यस्को असरको बारेमा सम्झाई बुझाई गरि छोडिएको प्रवक्ता सुवास हमालले आम नेपाली टिभीलाई जानकारी दिनुभयो ।

उनले भने, ‘आज नियन्त्रणमा लिइएका सबैको नाम नम्वर सहित नोट गरेका छौं, यदी भोलिका दिनमा अवज्ञा गरेको खण्डमा संक्रामक रोग ऐन अन्र्तगत कारवाही गर्छौं ।

हमालले निषेधज्ञाको पालना गरिदिनु हुन सबैलाई अनुरोध गरेका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट हानिकारक भएको हुँदा सरकारले जारी गरेको निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्डको पालना गरी सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

कास्की जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गतेबाट जारी गरेको निषेधाज्ञा २१ गतेबाट थप कडाई गर्दै ३१ गतेसम्म लब्बाएको हो ।

श्रोत:आमनेपाली डटकमबाट

प्रकाशित मिति २०७८ बैशाख २४ गते शुक्रबार ११:०५
प्रतिक्रिया दिनुहोस