मानिसहरुको स्वभाव र पुरुषहरुको भाग्य स्वयम् भगवान् लाई पनि थाहा हुदैन कहिले र कहाँ गएर परिवर्तन हुन्छ भनेर ।
मनिसको भाग्य तीन तरिकाबाट परिवर्तन हुन्छ भनेर ज्योतिष तथा वस्तुशास्त्रका ठूलाठूला ग्रन्थ हरुमा उल्लेख गरिएको छ ।
घर बनाएर नयाँ घरमा सर्दा खेरि त्यस्तै विवाह गरिसकेपछि र सन्तान जन्मेपछि मानिसको भाग्य परिवर्तन हुनेकुरा ज्याेतिषीहरुले जानकारी गराएका छन ।
कसैका राम्रो हुन्छ भने राम्रो हुने हरुको लागि सन्तान गर्भमा आएदेखि नराम्रो तथा धन सम्पत्ति नोक्सान गर्ने तरिकाले आउने गर्छन् ।
शुभ तथा अशुभ भन्ने कुरा समयले जानकारी गराउने हो ।
राम्रो समयमा राम्रो तथा नराम्रो समयमा खराब दशामा जन्मिएका हुनाले अशुभ हुने हुन्छ । सन्तान भएर मात्रै सुखी हुन्छ भनेर भन्नू हाम्राे कल्पना मात्रै हो । बुवा आमाको लागि सन्तान बाट सुख हुने याेग छकिछैन त्यो महत्त्वपूर्ण हुन्छ । यदि सन्तान सुख हुने योगनै नभएको समयमा जतिसुकै सन्तान जन्माएर पाले पनि ती सन्तानले सुख दिनुभन्दा पनि उल्टो दुख तथा नोक्सान पुर्याउने गर्दछन् ।सन्तान हरुमा छाेरिकाे महिमा त शास्त्रमा कति हो कति वर्णन गरिएकाे छ ।
लेखक दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।
दिमागकाे कुरा गर्ने हाे भने हरेक मानिसहरूकाे दुईवटा दिमाग हुने गर्दछ हेर्दा एउटै जस्ताे लागेपनि दाहिने र देब्रे गरि दुईहाेटा दिमागकाे कुरा मेडिकल साईन्सले गरेकाे छ।
आध्यात्मिक कुरालाई हेर्ने हाे भने तीन ओटा दिमागकाे कुरा चर्चा गरिएकाे छ ।
भगवान् शिवकाे तीन अाेटा दिमाग खुलेकाे थियाे तसैले शिवलाई त्रिनेत्त्रम् भनेर पनि पुकारिने गरिन्छ ।
तेस्रो शक्ति या दिमाग खुल्नकाे लागि आम मानिसकाे बसमा छैन ।
ठूला ठूला ऋषि महर्षी हरुले ठूलाे तपस्या तथा याेगकाे माध्यम बाट मात्रै खुल्ने गर्दछ ।
जसकाे तेस्राे नेत्र यानि दाहिने दिमाग चल्छ तेस्ता मानिस हरुका लागि कुनैपनि कुरा असम्भव भन्ने हुदैन ।
मारर्कण्य ऋिषीले स्त्रीकाे महिमा लेख्दा लेख्दै मारकण्य पुराण नै लेखेका थिए तेसैले छाेरा खाेज्ने समाजका लागि उक्त पुस्तक महत्त्वपूर्ण हुनेछ ।
ज्याेतिषका ग्रन्थ हरुमा सबैभन्दा ठुला याेग हरुमा निर्माणमा पुरुषकाे तुलनामा महिलाकै ठूलो याेग हुने गर्दछ । जस्ताे सुकै शक्तिशाली पुरुष भएता पनि महिलाले चहेमा केही समयमै कमजाेर बनाईदिने शक्ति महिलामा हुने गर्दछ । प्रकृतिले महिलालाई धेरै प्राकृतिक गुणहरु प्रदान गरेकाे छ । सहनशीलता, धैर्यता, लक्ष्यिणता, इमानदारीता लगाएका धेरै गुणहरु दिएकाे छ । नारीकाे महिमा धर्मशास्त्रले धेरैनै गरेकाे छ ।
आम मानिसको दाहिने दिमागको प्रयोग एकदमै कम हुने गर्दछ जसकाे दाहिने दिमाग चल्छ तेस्ता मानिसहरू धेरै ने शक्तिशाली हुने गर्दछन ।
पुरुषको तुलनामा महिलाको दाहिने दिमाग केही धेरै चल्ने कुरा जानकार हरु बताउदै आएका छन ।
दाहिने दिमागदे निर्णय गर्ने गर्छ भने बायाँ दिमागले साेच्नेकाम मात्रै गर्ने गर्दछ ।
राम्रो समयमा निर्णय लिनु नै महत्त्वपूर्ण हुन्छ ।
प्रकाशित मिति २०७७ मङ्सिर ४ गते बिहिबार ०३:५८