कोरोनाको दोस्रो लहरमा पुनः प्रसारण हुँदैछ रामायण

कोरोनाको दोस्रो लहरमा पुनः प्रसारण हुँदैछ रामायण

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख ४ गते शनिवार १२:११

भारतमा कोरोनाभाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ । भारतका विभिन्न राज्यमा प्रतिबन्ध लगाइँदैछ । यस्तोमा एकपटक पुनः रामानन्द सागरको रामायण प्रसारण गरिँदैछ । भारतमा कोरोना लकडाउनका बेला अघिल्लो वर्ष सन् २०२० मा पनि रामानन्द...

भारतमा कोरोनाभाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ । भारतका विभिन्न राज्यमा प्रतिबन्ध लगाइँदैछ । यस्तोमा एकपटक पुनः रामानन्द सागरको रामायण प्रसारण गरिँदैछ । भारतमा कोरोना लकडाउनका बेला अघिल्लो वर्ष सन् २०२० मा पनि रामानन्द सागरको रामायण प्रसारित भएको थियो ।

यो खबरमा रामायढाकी अनस्क्रिन सीता अर्थात् दीपिका चिखलियाले खुसी व्यक्त गरेकी छिन् । रामानन्द सागरको रामायणमा सीताको भूमिका निभाउने दीपिका चिखलियाले इन्स्टाग्राममा रामायण पुनः प्रसारण भएकोमा खुसी व्यक्त गरेकी छिन् । सोसल मिडियामा दर्शकका लागि यो खबर सेयर गर्दै दीपिका चिखलियाले इतिहासले आफूलाई दोहोराइरहेको भान भएको बताएकी छिन् । अघिल्लो वर्ष दूरदर्शनमा रामायण रिलिज गरिएको थियो । यसपटक रामायण स्टार भारतले प्रसारण गर्नेछ ।

यो शो मेरो जीवनको मात्रै होइन पूरा परिवारको…

रामायण पुनः प्रसारण हुँदै गरेकोमा सीता अर्थात् दीपिका चिखलियाले लेखेकी छिन्, ‘रामायण यस वर्ष पनि सानो पर्दामा फिर्ता भइसकेको छ भनेर सेयर गर्न पाउँदा निकै उत्साहित छु । रामायण अघिल्लो वर्ष लकडाउनका बेला पनि प्रशारण गरिएको थियो । यो सबै हेरेर मलाई यस्तो लागिरहेको छ कि मानौं इतिहास आफूलाई दोहोराइरहेको छ । शो मेरो जीवनको मात्रै होइन थुप्रै भारतीय परिवारको जीवनको ठूलो हिस्सा बनेको थियो ।’

उनी थप्छिन्, ‘आउनुहोस्, हामी सबै मिलेर हाम्रो समुदाय र समाजका हिस्सा बन्नुहोस् । अबको पीढिलाई रामायणको ज्ञान साझा गर्नुहोस् । स्टार भारतमा हरेक रात ७ बजे रामानन्द सागरको रामायण हेर्नुहोस् ।’

प्रकाशित मिति २०७८ बैशाख ४ गते शनिवार १२:११
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७