नेपालकै मुक्तक विधामा क्रियाशील सस्था मुक्तक मञ्च केन्द्रिय समिति पोखराले शनिवार विशेष मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ ।मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसाथ गर्दै २०६५ सालमा स्थापित मुञ्चले १५४ औँ मुक्तक वाचनमा पोख्रेली साहित्यकारहरुको विचमा मुक्तककारद्धय डा. वसन्त गौतम र जिवन सागर भण्डारी उभायो ।
विषेश मुक्तक वाचक गौतम र भण्डारीले समसामयि विषय बस्तुमाथी ब्याङ्ग प्रहार गरिएका, राष्ट्रप्रेमले भरिएका र रोमान्टिक गरि दुई दर्जन बढि मुक्तक सुनाए ।

अमृत बसोस् जहर नपसोस्
फाँटहरू निल्ने रहर नपसोस्
हाम्रा सुन्दर गाउँहरूमा
विकास पसोस् शहर नपसोस् ।
~वसन्त गौतम
किसानहरूका आस छन् उखुबारीमा
लुक्ने र ढुक्ने बदमास छन् उखुबारीमा
नगदे बाली भनेर नपढाइयोस्
निर्मलाका लास छन् उखुबारीमा ।
~जीवनसागर
छ दर्जन साहित्यकारहरुको उपस्थितीमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल सल्लाहकार दीपक समिप, अल्पविरा, लक्ष्मण थापा ,परिवर्तन र विपिन आचार्य, साहित्यिकार इश्वरमणी अधिकारी, मदन भण्डारी ,कृष्ण मरासिनी, शिवदत्त रेग्मी, नविन भण्डारी, बिकास गौतम, सुमन पौडेल, रामकुमार श्रेष्ठ, बिष्णु सुबेदी तथा साहित्य श्रृङ्खला अध्यक्ष लोकनाथ पुडासैनी, दीपशिखा साहित्य सङ्गम ,आलोक साहित्य ,प्रगतिशील वाङ्मय प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहेको थियो ।

मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यले नेपाली साहित्यको चर्चित विधा मुक्तक भएको भन्दै यसको उत्थान र विकासको लागि पाठ्यक्रममा मुक्तक अभियान संचालन गरिएको बताए । आचार्यले रामपुर र पर्वतमा मञ्चको शाखा विस्तार सम्पन्न भएको जानकारी गराए । त्यस्तै मुक्तक मञ्चको वेवसाईट निर्माण र मुक्तक यात्रा -२ निर्माण कार्य भएको मञ्चका सदस्य शरण वि. क.ले बताए ।
मञ्चका अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षता, सदस्य गीता तिवारीको स्वागत मन्तव्य र सचिव श्रीराम अधिकारी गोर्जेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति २०७७ चैत २९ गते आईतबार ११:००