पूर्वप्रधानसेनापति राणाको निधन

पूर्वप्रधानसेनापति राणाको निधन

सञ्चार बाणी

@SancharBani

२०७७ चैत २२ गते आईतबार ०५:१४

पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ । कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले...

पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ ।

कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए । उनका चार छोरी छन् । उनको पार्थिव शरीरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रकाशित मिति २०७७ चैत २२ गते आईतबार ०५:१४
प्रतिक्रिया दिनुहोस