भारतमा कलाकार अन्जुम सिंहको निधन

भारतमा कलाकार अन्जुम सिंहको निधन

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ३ गते बुधबार ०९:१७

मुम्बई । भारतमा फेरी प्रख्यात कलाकारको निधन भएको छ । भारतीय कलाकार अन्जुम सिंहको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विगत ६ बर्षदेखि उनी क्यान्सर रोगसँग संघर्ष गर्दै आएकी थिइन्। भारतीय मिडियाले उनको मंगलबार निधन भएको...

मुम्बई । भारतमा फेरी प्रख्यात कलाकारको निधन भएको छ । भारतीय कलाकार अन्जुम सिंहको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विगत ६ बर्षदेखि उनी क्यान्सर रोगसँग संघर्ष गर्दै आएकी थिइन्। भारतीय मिडियाले उनको मंगलबार निधन भएको जनाएका छन् । ५५ वर्षीय सिंहको निधनको खबर कला संग्रहकर्ता ‘किरण नादर म्युजियम आर्ट’ ले सार्वजनिक गरेको हो ।

२०१४ मा उनलाई क्यान्सर पत्ता लागेको थियो । करिब साढे ६ वर्ष क्यान्सरसँग लडेकी उनले अन्ततः हारेकी छन् । अन्जुम परिचित चित्रकार अर्पिता र परमजित सिंहको छोरी हुन् । उनले शान्ति निकेतनको कला भवनबाट ललित कलामा स्नातक गरेकी थिइन् । त्यसपछि दिल्ली कलेज अफ आर्टमा मास्टर डिग्री हासिल गरेकी थिइन् ।

अन्जुम भारतीय कला जगतको सबैभन्दा राम्रो कलाकार मध्ये एक थिइन् । उनको अन्तिम कला प्रदर्शनी निकै शानदार भएको थियो । जसको शीर्षक ‘आई एम स्टिल हेयर’ थियो ।

प्रकाशित मिति २०७७ मङ्सिर ३ गते बुधबार ०९:१७
प्रतिक्रिया दिनुहोस