नेपालमा आज पनी अगिल्लो दिन भन्दा कोराना संक्रमितको सङ्ख्या बृद्धि

नेपालमा आज पनी अगिल्लो दिन भन्दा कोराना संक्रमितको सङ्ख्या बृद्धि

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १० गते मङ्गलबार १०:५८

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् । पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम...

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् ।

पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि संक्रमण फैलन खतरा बढेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति २०७७ चैत १० गते मङ्गलबार १०:५८
प्रतिक्रिया दिनुहोस