पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा, कुँवर कि थापा ? कसले बाजी मार्ला ?

पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पदमा, कुँवर कि थापा ? कसले बाजी मार्ला  ?

सञ्चार बाणी

@SancharBani

२०८३ भदौ १८ गते बिहिबार ०२:५९

पोखराका उद्योगी ब्यबसायीहरुको छाता संस्था पोखरा उद्योगी बाणिज्य संघको आसन्न निर्बाचनमा उद्योगी तर्फको उपाध्यक्ष पदको लागि हुने प्रतिष्पर्धा रोचक र धेरैको चासो र चर्चाको विषय बनेको छ उक्त पदमा संघको कार्यसमितिका बहालवाला सदस्यद्वय...

पोखराका उद्योगी ब्यबसायीहरुको छाता संस्था पोखरा उद्योगी बाणिज्य संघको आसन्न निर्बाचनमा उद्योगी तर्फको उपाध्यक्ष पदको लागि हुने प्रतिष्पर्धा रोचक र धेरैको चासो र चर्चाको विषय बनेको छ उक्त पदमा संघको कार्यसमितिका बहालवाला सदस्यद्वय ललितबहादुर कुँवर र सौगात थापाको उमेदवारी परेको छ उमेदवारी दिएका सौगात थापा संघका पुर्व अध्यक्ष एबम गण्डकी प्रदेश सरकारका पुर्व मन्त्री बिन्दुकुमार थापाको छोरा भएकोले उनले यसलाई प्रतिष्ठाको विषय बनाएको भन्दै ब्यबसायीहरु माझ चर्चा चलिरहेको छ

संघका पुर्वअध्यक्ष थापाले शुरुवातमा संघको अध्यक्षमा बलराम आचार्य अध्यक्ष सहित दिनेशचन्द्र बाँस्तोला बरिष्ठ उपाध्यक्ष, ललितबहादुर कुँवर उद्योगी उपाध्यक्ष,  मनोज श्रेष्ठ बाणिज्य उपाध्यक्ष, सुदिप प्रधानांग महासचिब, प्रदीप राजभन्डारी उपमहसचिब र देबेन्सन प्रजु कोषाध्यक्ष रहेको प्यानल बनाउन भूमिका खेलेका थिए अन्य पुर्व अध्यक्षहरु र उल्लिखित पदाधिकारीका उमेदवारहरु संगै बसेर गरेको निर्णयलाई उनले उमेदवारको मनोनयन पत्र लिनु भन्दा अघिल्लो दिन बामपन्थी कित्ताका केहि उद्योगी ब्यबसायीहरु संग बसेर आंफ्नो छोरा सौगात थापालाई अर्को प्यानलमा उधूग तर्फको उपाध्यक्ष बनाउने भनेर निर्णय गर्दै सोहि प्यानलको समर्थनमा मत माग्न शुरु गरेका थिए

सामय बित्दै जाँदा र चुनाबको दिन नजिक आउंदै गर्दा उनले पछिल्लो पटक बनाएको प्यानललाई समेत धोका दिंदै आंफ्नो छोरालाई मात्र मतदान गरे हुन्छ भन्दै बिभिन्न वडा र टोलमा पुगेको चर्चा चलिरहेको छ  ब्यबसायमा समेत संलग्न नेपाली काँग्रेसका एक कार्यकर्ताका अनुसार यतिबेला बिन्दु थापाले मतदाता र पार्टीका कार्यकर्तालाई व्यक्तिगत रुपमा एबम संस्थागत रुपमा प्रभावमा पार्ने र लोभ देखाउनको लागि सबै किसिमको चलखेल गरिरहेको छन

थापाको जस्तो सुकै हर्कत चलेको भयपनी संघमा सदस्य ब्यबसायीहरुले भने कार्यसमितिमा रहंदा उमेदवारले गरेको कामको मुल्यांकन गर्नुको साथिया उनीहरुले के कति समाया दिएका थिए भन्ने कुराको समेत जानकारी लिन थालेका छन अघिल्लो पटक पवनकुमार प्रजापती अध्यक्ष रहंदा मनोनित सदस्य रहेका सौगात थापाले त्यस कार्यकालमा भएका १५ वटा बैठक मध्ये ६ वटामा मात्र सहभागिता जनाएका थिए अझ आँफु बैठकमा उपस्थित हुन नसक्ने अबस्था भएमा त्यसको जानकारी समेत उनले नदिने गरेको बताइन्छ संघको बिबरणमा उनले एउटा बैठकमा मात्र आँफु उपस्थित हुन नसक्ने जानकारी गराएको भन्ने कुराले उनले आंफ्नो पदीय जिम्मेवारी कसरि निर्बाह गर्दोरहेछन भन्ने स्पष्ट हुन्छ

गोकर्ण कार्की अध्यक्ष रहंदा समेत थापा कार्यसमितिको सदस्य थिए त्यसबेला पनि उनको उपस्थिति अत्यन्त न्युन रहेको देखिन्छ जस अनुसार उक्त कार्यकालमा भएका ३१ वटा बैठकमा थापाको उपस्थिति ५ वटा बैठकमा मात्र देखिन्छ जब कि उनका प्रतिद्वन्दी ललितबहादुर कुँवरको उपस्थिति भने २५ वटा बैठकमा रहेको देखिन्छ बर्तामन कार्यकालमा संघले गरेका ९६ वटा कार्यक्रम मध्ये सौगात थापाको उपस्थिति ४ वटा कार्यक्रममा मात्र रहेको र उनका प्रतिद्वन्दी ललित कुँवरको उपस्थिति ४५ वटा कार्यक्रममा रहेको देखिन्छ

यसरि हेर्दा संघको पदीय जिम्मेवारी लिने तर पाएको जिम्मेवारी अनुरुप काम नगर्नेलाई अझ महत्वपुर्ण जिम्मेवारी दिने कि नदिने भन्ने बिषयमा  मतदाताहरुको बिचमा निकै चर्चा चलिरहेको छ तर पदीय जिम्मेवारी पुरा गर्न नसकेको कुरालाई बिभिन्न किसिमको लोभ देखाएर र प्रभावमा पारेर चुनाब जित्न सकिन्छ कि भन्ने प्रयासमा उमेदवार भन्दा पनि उनका बुवा बिन्दुकुमार थापाको सक्रियताले यस पटकको उधोग बाणिज्य संघको चुनाब अझ रोचक र चासोको बिषय बन्दै गएको छ ।

प्रकाशित मिति २०८३ भदौ १८ गते बिहिबार ०२:५९
प्रतिक्रिया दिनुहोस