काठमाडौं । प्रेममा परेका मानिसले जेपनि गर्छ । अमेरिकाका १४ वर्षका किशोरले आफ्नी ११ वर्षीया प्रेमिकालाई गाडी हालेर भगाएका छन् । त्यो पनि १५० किमी प्रति घण्टाको गतीमा कार चलाएर ।
आफ्ना बाबुको गाडीमा हालेर प्रेमीकासँग भागेका ति प्रेमी जोडीलाई उनीहरु भागेको ३ दिनपछि प्रहरी पक्राउ गरेको हो ।
यो जोडीलाई घरभन्दा १९ सय किलोमिटर पर प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
अमाया अर्ग्यूलिस अमेरिकाको ब्रुकलिनमा रहेको आफ्नो घरबाट बाबुको कार लिएर भागेको अवस्थामा प्रहरीले पक्राउ गरेसँगै उनीहरुलाई न्यूयोर्क लगिएको छ । उनी भागेको खास कारण भने प्रहरीले अझै पत्ता लगाइसकेको छैन ।
प्रकाशित मिति २०७७ मङ्सिर २ गते मङ्गलबार १०:३५