बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २६ गते बुधबार ०४:३३

बर्दिया / बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा बुधबार पाटे बाघले आक्रमण गर्दा मधुवन–३ की २९ वर्षीया रेनुका सुनारको मृत्यु भएको हो । सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर...

बर्दिया / बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा बुधबार पाटे बाघले आक्रमण गर्दा मधुवन–३ की २९ वर्षीया रेनुका सुनारको मृत्यु भएको हो ।

सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले बताए ।

नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको उनले जनकारी दिए । रासस

प्रकाशित मिति २०७७ फाल्गुण २६ गते बुधबार ०४:३३
प्रतिक्रिया दिनुहोस