आज २०८१ साल माघ १५ गते मंगलबारको राशिफल

आज २०८१ साल माघ १५ गते मंगलबारको राशिफल

सञ्चार बाणी

@SancharBani

२०८१ माघ १५ गते मङ्गलबार ०३:३०

काठमाडौं – आज २०८१ साल माघ १५ गते मंगलबार माघ कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जनवरी २८ तारिख। नेपाल नर्सिङ्ग दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

काठमाडौं – आज २०८१ साल माघ १५ गते मंगलबार माघ कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जनवरी २८ तारिख। नेपाल नर्सिङ्ग दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग रहेको छ।

वृष : बोल्दा सचेत बन्नुपर्ने दिन छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। बन्धु र साथीभाइले साथ दिनेछन्। राज्यको तर्फबाट महत्त्वपूर्ण अवसर प्राप्त हुने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुन : दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत र सम्मान प्राप्त हुनेछ। साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा मेहनत गरेमा दिन सहज बन्नेछ।

कर्कट : सानो कुराले मन खिन्न हुनेछ। विपक्षी साथीले निगरानीमा राखेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। गुम्न लागेको धन प्राप्त हुने योग रहेको छ।

सिंह : दिन राम्रो छ। आम्दानी बढ्नेछ। व्यापारमा फाइदा हुनेछ। खानपानमा समस्या हुनसक्छ जोखिम छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

कन्या : अर्काको प्रगति देखेर मन अशान्त बन्नसक्छ। काम गर्दा शान्त भएर अगाडि बढ्नुपर्ने समय छ। स्वास्थ्यको पर्खाइमा भए सुधार हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : बौद्धिक क्षेत्रको लगानीबाट नाम र दाम मिल्नेछ। बन्धुसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। मनमा भएका कौतुहल हटेर जानेछन्। शिक्षाको क्षेत्रमा श्रम बढी नै गर्नुपर्ने आवश्यकता देखिन्छ। गोपनीयता भंग नगर्नु उचित हुनेछ।

वृश्चिक : आफूले आफ्नो मूल्यांकन गर्न नसक्दा हिनताबोध हुनेछ। यो शनिदेवको प्रभाव हो। धन आर्जनका लागि समय सहज भए पनि स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारको साथ मिल्नेछ।

धनु : ठुलो योजना अगाडि बढाउँदा फाइदा हुने दिन छ। हरेक काममा साथ मिल्नेछ। बौद्धिक व्यक्ति प्रतिस्पर्धामा सक्रिय भएकाले सचेत बन्नु उचित हुनेछ। साथीको साथ प्राप्त हुनेछ।

मकर : शुभ ग्रहको बहुमत भएकाले स्वास्थ्यमा सुधार हुनेछ। अन्त्य साढेसाती दशा रहेकाले खर्च बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भ : तपाईंको राशिमा उदयशुक्र पुगेकाले दिन सहज छ। तीर्थ यात्राको सुरुवात हुनेछ। साना कुराले मनमा खटपटी भए पनि धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ।

मीन : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँगको भेटले मनको खटपटी निरखार हुनेछ। सहकर्मीसँगको कार्य एकताले दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा थप मेहनत गर्नुपर्नेछ। संकटमा परिवारको भने साथ मिल्नेछ।

प्रकाशित मिति २०८१ माघ १५ गते मङ्गलबार ०३:३०
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७