बेलुन फेस्टिभलको पहिलो कलाकार नगेन हुन सक्ने दावी

बेलुन फेस्टिभलको पहिलो कलाकार नगेन हुन सक्ने दावी

सञ्चार बाणी

@SancharBani

२०८१ पुस १७ गते बुधबार ११:४३

पोखरा । प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गर्नुभएको छ । नेपालको हट एयर बेलुनमा ४००० मिटर माथि उडेर चित्र बनाएको पहिलो पटक भएको...

पोखरा । प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गर्नुभएको छ ।

नेपालको हट एयर बेलुनमा ४००० मिटर माथि उडेर चित्र बनाएको पहिलो पटक भएको र अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दावी छ ।

विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानका अभियन्ता प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार मिटर माथि बेलुन उडाउदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र सिर्जना गर्नुुभएको हो ।

हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताउनुभयो ।

फेस्टिफल संयोजक प्रविण महर्जनले बेलुन फेष्टिफलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको पनि जानकारी गराउनुुभयो ।
तस्विरः-अबिश जोशी

प्रकाशित मिति २०८१ पुस १७ गते बुधबार ११:४३
प्रतिक्रिया दिनुहोस