आज २०८१ साल मंसिर २२ गते शनिबारको राशिफल

आज २०८१ साल मंसिर २२ गते शनिबारको राशिफल

सञ्चार बाणी

@SancharBani

२०८१ मङ्सिर २२ गते शनिवार ०२:०२

काठमाडौं – आज २०८१ साल मंसिर २२ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर ७ तारिख। मार्गशीर्ष शुक्ल पक्षको षष्ठी उपरान्त सप्तमी तिथि। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

काठमाडौं – आज २०८१ साल मंसिर २२ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर ७ तारिख। मार्गशीर्ष शुक्ल पक्षको षष्ठी उपरान्त सप्तमी तिथि। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष : आज संचित धन खर्च गर्ने दिन छ। सानातिना कुराले मनमा खटपटी आउने छ। बढी तर्क नगर्नुहोला। हरेक कार्य क्षेत्रमा स्वास्थ्यले तपाईंलाई साथ दिनेछ। आज उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध भने सहज रहनेछ।

वृष : दिन सहज छ। आफ्ना कार्यक्षेत्रमा सहयोग मिल्नेछ। पठनपाठनमा जोश जाँगर बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा मिल्नेछ। आफूभन्दा ठूला व्यक्तिसँग सल्लाह लिएर गरेको काममा सफलता मिल्नेछ।

मिथुन : दिन राम्रो रहेको छ। सोचेका काम बन्नेछन्। गणेश भगवानको पूजा गर्नु फलदायी हुनेछ। स्वदेशमा लगानीका अवसर मिल्नेछ। परिवारले राम्रो साथ दिने दिन छ।

कर्कट : आजको दिन कम बोल्नु उचित हुनेछ। स्वास्थ्यमा समस्या देखिने सम्भावना छ। परिवारको साथ सहयोग मिल्नेछ। मिठो भोजन मिल्ने योग छ। आज पश्चिमको लामो यात्रा नजानु राम्रो हुनेछ।

सिंह : दिन राम्रो रहेको छ। आफूले गरेको प्रयासमा व्यापार व्यवसायमा स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। मनमा उत्साह बढ्नेछ। परिवारको साथ मिल्नेछ।

कन्या : आज तपाईंको दिन सामान्य रहेको छ। शत्रु बढ्नेछन्। राज्यको तर्फबाट भय रहला। सन्तान सुख मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

तुला : आज शिक्षाको क्षेत्रमा तपाईंको राम्रो रहेको छ। बिहान उठेर सरस्वतीको बन्धना गर्नु राम्रो हुनेछ। प्रशंसा बढ्ने दिन भएकाले मन प्रफुलित हुनेछ।

वृश्चिक : सानातिना कुराबाट मनमा खिन्नता बढ्नेछ। थोरै बोल्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा झुकाव देखाउनाले धोका हुनसक्छ।

धनु : दिन राम्रो रहेको छ। आज सम्पत्ति जम्मा गर्ने दिन छ। थोरै लगानी गरेपनि व्यापारमा फाइदा हुनेछ। दाजुभाइको सल्लाह लिएर अघि बढेमा दिन सहज छ। स्वास्थ्य अवस्था राम्रो हुनेछ। आजको यात्रा छोटो र सहजपूर्ण हुनेछ।

मकर : आज धनस्थानमा चन्द्रमा पुगेका छन्। राम्रा काम गर्ने मौका मिल्नेछ। शिक्षाको क्षेत्रमा भने आलश्यता बढ्नेछ। परिवारमा भने तपाईंको साथ सहयोग मिल्नेछ।

कुम्भ : आफ्नै राशीमा चन्द्रमामा पुगेका छन्। मनमा प्रशन्नता हुनेछ। माया मार्न लागेको धन हात लाग्ने संकेत मिल्नेछ। नयाँ वस्त्र लगाउने दिन रहेको छ। मध्य साढेसाती दशा रहेकाले बिहान पिपलमा पानी हाल्नु राम्रो हुनेछ।

मीन : काममा अवरोध हुनेछ। तर स्वास्थ्यले भने साथ दिने दिन छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारको सहयोग मिल्नेछ। गणेश भगवानको सम्झना गरे दिन सहज बन्नेछ।

प्रकाशित मिति २०८१ मङ्सिर २२ गते शनिवार ०२:०२
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७