आमाको हत्या गरेको अभियोगमा पक्राउ

आमाको हत्या गरेको अभियोगमा पक्राउ

सञ्चार बाणी

@SancharBani

२०८० फाल्गुण ८ गते मङ्गलबार ०६:५३

सुनसरी । ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईला रहेका छन् । दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर...

सुनसरी । ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईला रहेका छन् ।

दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति २०८० फाल्गुण ८ गते मङ्गलबार ०६:५३
प्रतिक्रिया दिनुहोस