एक बालकले चार बालिका बलात्कार गरेको आरोप

एक बालकले चार बालिका बलात्कार गरेको आरोप

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण १४ गते शुक्रबार ०२:३३

पोखरा / एक बालकमाथि एकै दिन चार बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । १४ वर्षीय बालकले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बालकाबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका...

पोखरा / एक बालकमाथि एकै दिन चार बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

१४ वर्षीय बालकले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको हो । बालकाबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाए । तर, घटनामा पीडित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो ।

उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात बाँधे र पालैपालो बलात्कार गरेछन्,’ एक पीडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।

पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ

प्रकाशित मिति २०७७ फाल्गुण १४ गते शुक्रबार ०२:३३
प्रतिक्रिया दिनुहोस