ट्रोलबाट डराइन् शाहरुख खानकी छोरी, इंस्टाग्राममा यो फिचर बन्द

ट्रोलबाट डराइन् शाहरुख खानकी छोरी, इंस्टाग्राममा यो फिचर बन्द

सञ्चार बाणी

@SancharBani

२०८० माघ १८ गते बिहिबार ०४:२०

एजेन्सी । शाहरुख खानकी छोरी सुहाना खान आजकल एकदमै चर्चामा छिन् । उनले हालसालै आफ्नो इंस्टाग्राम एकाउन्ट सार्वजकि गरेकी छन् । इंस्टाग्राम एकाउन्ट सार्वजनिक गरेलगत्तै उनको एकाउन्टमा लाखौँ फ्यानहरुले उनलाई फलो गरिसकेका छन् ।...

एजेन्सी । शाहरुख खानकी छोरी सुहाना खान आजकल एकदमै चर्चामा छिन् । उनले हालसालै आफ्नो इंस्टाग्राम एकाउन्ट सार्वजकि गरेकी छन् ।

इंस्टाग्राम एकाउन्ट सार्वजनिक गरेलगत्तै उनको एकाउन्टमा लाखौँ फ्यानहरुले उनलाई फलो गरिसकेका छन् । उनले इंस्टाग्राम एकाउन्टमा कमेन्ट सेक्सन भने नदेखिने बनाएकी छन् ।

स्मरण रहोस्, सुहाना खानमाथि कैयौँपटक ट्रोल भएकी छन् । उनी अहिले खासै मिडियामा आउन चाहँदिनन् तर पनि उनको व्यक्तिगत जीवनको बारेमा भने समाचाहरु आइरहेका हुन्छन् । कतिपय मानिसहरुले उनलाई ट्रोलसमेत गरेका छन् ।

कसैले उनलाई फिमेल शाहरुख खान भन्नेगरेका छन् भने कसैले घमण्डी पनि भन्ने गरेका छन् । इंस्टाग्राममा कमेन्ट सेक्सन बन्दगरेसँगै अब फ्यानले जे बोलेपनि उनलाई फरक नपर्ने देखिएको छ ।

प्रकाशित मिति २०८० माघ १८ गते बिहिबार ०४:२०
प्रतिक्रिया दिनुहोस