भनिन्छ नि- ‘एउटा झूट कुरा लुकाउन सय झूट बोल्नुपर्छ!’ फेरि त्यहि झूटलाई पनि कहाँ धेरै दिनसम्म लुकाउन सकिन्छ र? आज जसरी तसरी सत्य कुरा लुकाइएला, तर कुनै न कुनै दिन त सत्य सामुन्ने आइ नै हाल्छ। अनि जब घर-परिवार र समाजले त्यो सत्य कुरा थाहा पाउँछन्, तब सबैको सामुन्ने अपमानित हुनुपर्छ। तीतो नै किन नहोस् सत्य कुरा लुकाउँदा झन् कष्ट भोग्नुपर्ने हुन्छ।
मानिस आफ्नो अधिकांश व्यक्तिगत कुराहरूलाई लुकाउन चाहन्छ। व्यक्तिगत कुरा लगायत कुनै गलत काम गरेमा पनि सत्य कुरा बोल्ने हिम्मत गर्दैनन्, झूटको सहारा लिने गर्छन्। तर थाहा पाइराख्नुहोस् है, यी ४ कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैनः
१. झूट
महाभारतमा कर्णले परशुरामसँग आफू ब्राह्मण हुँ भनेर झूट बोलेका थिए। परशुरामले पनि कर्णलाई ब्राह्मण नै सोँचेर सबैप्रकारका शस्त्र-अस्त्रका ज्ञान दिए। तर एकदिन कर्ण ब्राह्मण होइनन् भन्ने थाहा पाएपछि ‘सबैभन्दा बढि आवश्यक परेको बेला सबै शस्त्र-अस्त्रको ज्ञान भुल्न परोस्’ भनेर परशुरामले कर्णलाई श्राप दिए।
नभन्दै महाभारतको युद्धमा अर्जुनसँग युद्ध गर्ने बेलामा कर्णले ती सबै शस्त्रअस्त्रको ज्ञान बिर्सिए र अर्जुनकै हातबाट उनको मृत्यु भुयो।
यसबाट पनि के सिक्न सकिन्छ?
झूटले आफूलाई फाइदा गर्छ भनेर सोँच्नु मूर्खता हो। यो पनि थाहा पाउनुपर्छ कि आफूले बोलेको झूटले सदैव आफैलाई धोका दिन्छ।
२. छल-कपट
दुर्योधन र उनका मामा शकुनीको धोका र छल-कपटकै कारण महाभारतको युद्ध भएको थियो, जहाँ आफ्नै दाजु-भाइको हत्या गर्नुपरेको थियो। कौरवहरूले पाण्डवहरूलाई पहिल्यै देखि नै सताउने काम गर्दथे, छल-कपटको सिकार बनाउथे। अन्त्यमा पाण्डवहरूकै हातबाट कौरवहरूको मृत्यु भयो।Introduction to Mahabharata12
‘कर्म’ भनेको यस्तो कुरा हो, जसले तपाईँको हरेक कार्यलाई मध्यनजर गरिरहेको हुन्छ। तपाईँले राम्रो काम गर्नुभएको छ भने नतिजा पनि राम्रै आउँछ। तर गलत कामको फल कहिल्यै पनि राम्रो हुँदैन। यहि नै कर्मको कर्तव्य हो। फेरि छल-कपटलाई पनि धेरै समयसम्म लुकाएर राख्न सकिँदैन। एक न एक दिन त त्यसको नतिजा आफैँले भोग्नैपर्ने हुन्छ।
३. हत्या
समाचारमा पनि सुन्नुभएकै होला- ‘बलात्कार गरी हत्या गर्ने पक्राउ’, ‘आफ्नै बुवाको हत्या गरी फरार हुने पक्राउ’, आदि-इत्यादि। कसैले जतिसुकै योजना बनाऊन् हत्या गरेर लुकाउनको लागि! समय आएपछि एकदिन हत्यारालाई सजाय अवश्य मिल्छ।Kaurav killing Abhimanyu
जसरी तपाईँको जीवन अमूल्य छ, त्यसरी नै सबै प्राणीको जीवन अमूल्य हुन्छ। कसैको हत्या गर्नुलाई शास्त्रमा ‘अक्षम्य पाप’ भनिन्छ। ‘अक्षम्य’- क्षमा गर्नै नसकिने।
४. अहङ्कार
जो व्यक्ति अहङ्कारी (घमण्डी) हुन्छन्, उसले आफ्नो घमण्डको लागि कुनै पनि कुकर्म गर्न तयार हुन सक्छन्। तर आफूलाई सज्जन बताउनका लागि उसले जतिसुकै प्रयास गरोस्, एकदिन उसको अहङ्कार सबैको सामुन्ने प्रकट भएरै छाड्छ।Angry Bhim1
उदाहरणको लागि रावणलाई लिन सकिन्छ, दुर्योधनलाई हेर्न सकिन्छ। उनीहरूले आफ्नो शक्तिको घमण्ड गरेकै कारण अन्त्यमा नष्ट भएर जानुपरेको थियो। एकदिन पाण्डव भिमलाई आफ्नो शक्तिप्रति घमण्ड जागेको थियो। तर हनुमानको शुद्ध वाणीको कारण उनले आफ्नो घमण्ड त्यागेका थिए।
प्रकाशित मिति २०८० माघ १४ गते आईतबार ०६:०८