रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी, यस्ता छन् प्रसारण हुने मुख्य कार्यक्रम

रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी, यस्ता छन् प्रसारण हुने मुख्य कार्यक्रम

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण ११ गते मङ्गलबार ०४:१३

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने च्यानलका म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो ! नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा...

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने च्यानलका म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो !

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा एक सञ्चार माध्यम थप भएको बताए।

जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनको भनाइ छ।

ग्यालेक्सीमा आउने मुख्य कार्यक्रम र प्रस्तोता यसप्रकार छन्ः
क्राइम पेट्रोल नेपाल- दीपकराज गिरी
को बन्छ करोडपति- राजेश हमाल
सारेगम लिटिल च्याम्प्स- इन्दिरा जोशी, कालीप्रसाद बाँस्कोटा
कामका कुरा- रवि लामिछाने
आविष्कार- महावीर पुन
फरएभर- नवराज पराजुली
लाल मोहर- रमेश प्रसाईं।
यी बाहेक नेपाली भाषाको रामायण, द लिडर, लगायत कार्यक्रम प्रसारण हुनेछन्।

प्रकाशित मिति २०७७ फाल्गुण ११ गते मङ्गलबार ०४:१३
प्रतिक्रिया दिनुहोस